काठमाण्डौ । महिला सशक्तीकरण र समानताले समाजमा थुप्रै सकरात्मक प्रभाव पर्ने कुरा त सर्वविदित नै छ। त्यसैले कोका–कोला सदैव आफ्नो कार्यस्थल र बाहिर पनि महिला सशक्तीकरणका विभिन्न कार्यक्रमहरु गर्दै समाजमा सकरात्मक प्रभाव ल्याउन प्रयासरत छ। 

यस्तै कार्यक्रमहरुकै शृंखलाअन्तर्गत कोका–कोलाले नेपालका लागि आफ्नो बोटलिङ पार्ट्नर बोटलर्स नेपालसँग मिलेर ‘सक्षम’ कार्यक्रम सुरु गरेको छ। यस कार्यक्रमअन्तर्गत नेपालका विभिन्न ठाउँमा किराना पसल र खाजा घर सञ्चालन गर्दै आएका १ हजार महिला व्यवसायीलाई व्यावसायिक तालिम दिने योजना रहेको छ।

अन्तर्राष्ट्रिय महिला दिवस २०२२ को नारा ‘दिगो भविष्यको लागि आज लैंगिक समानता’ भन्ने नारालाई समर्थन गर्दै यो कार्यक्रममा महिलाहरुलाई व्यापारिक र आर्थिक रुपमा सक्षम बनाउने योजना राखिएको छ। यो कार्यक्रमले महिलाहरुलाई त्यस्तो ज्ञान र सीप प्रदान गर्ने लक्ष्य राखेको छ। जसले उनीहरुलाई आफ्नो व्यापार अझै राम्रोसँग सञ्चालन गर्दै समग्रमा राष्ट्रकै आर्थिक विकासमा सहयोग पुर्याउन सक्षम बनाउँछ। त्यसैले यो कार्यक्रम यस्ता पसल सञ्चालन गर्ने महिलाहरुको वित्तीय साक्षरता, आतिथ्यता, सरसफाई र डिजिटल वालेटको प्रयोगजस्ता विषयमा क्षमता अभिवृद्धि गर्न डिजाइन गरिएको हो।

कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘हामी विश्वास गर्छौं कि एउटा नारी सक्षम हुनु भनेको सम्पूर्ण राष्ट्र नै सक्षम हुनु हो। त्यसैले हामीले महिलालाई सक्षम बनाउने उद्देश्यले पहिला पनि “STAR” र “5by20” जस्ता कार्यक्रम सञ्चालन गरेका थियौँ र ती कार्यक्रमले उहाँँहरुको जीवनमा सकरात्मक परिवर्तन पनि ल्याउन सफल भएका थिए, जुन हाम्रा लागि खुसीको कुरा हो। महिला सशक्तीकरणसम्बन्धी यस्तै कार्यक्रमहरु सञ्चालन गर्ने अभियानअन्तर्गत यो वर्ष हामीले नेपालभरि साना किराना पसल र खाजा घर सञ्चालन गर्दै आइरहेका १ हजार महिलालाई व्यावसायिक तालिम दिँदैछौँ। हामीलाई आशा छ कि यो कार्यक्रममा सहभागी महिलाहरुको जीवनमा पनि प्रभावकारी परिवर्तन आउनेछ।’

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘नेपालको ग्रामीण तथा सहरी क्षेत्रका धेरैजसो किराना पसल र खाजा घर प्रायः महिलाहरुले नै चलाउनुहुन्छ। हामीले के देखेका छौँ भने यो कोभिड महामारीले उहाँँहरुको व्यापारमा धेरै चुनौतीहरु ल्याएको छ। यो कार्यक्रममार्फत हामीले उहाँहरुलाई यस्ता चुनौतीहरुको सामना गर्न सक्षम बनाउने र उहाँहरुको व्यापारिक क्षमता अभिवृद्धि गराउने लक्ष्य लिएका छौँ। हामीलाई विश्वास छ कि यस कार्यक्रमले उहाँहरुलाई आफ्नो व्यापार अझै राम्रोसँग सञ्चालन गर्न सक्षम बनाउनेछ र उहाँँहरुको आत्मविश्वास पनि बढाउनेछ।’

विविधता, समानता र समावेशीकरण कोका–कोलाको मूल मान्यता हो र यिनले कम्पनीको वृद्धि, विकास र सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन्। कोका–कोलाले वर्षौंदेखि सञ्चालन गर्दै आइरहेको महिला सशक्तीकरणसम्बन्धी विभिन्न कार्यक्रमहरुले पनि यसलाई पुष्टि गर्छन्। 

सन् २०२० सम्म ५ मिलियन महिलालाई आर्थिक रुपमा सक्षम बनाउने महत्वाकांक्षी लक्ष्यसहित कोका–कोलाले सन् २०१० मा “5by20” कार्यक्रम विश्वव्यापी रुपमा सञ्चालन गरेको थियो। यसका साथै कोका–कोला नेपालले विगत ६ वर्षसम्म “STAR” (सपकिपर ट्रेनिङ एन्ड रिसोर्सेस) कार्यक्रम पनि सफलतापूर्वक सञ्चालन गरेको थियो। जसमा ५ हजार ८०० महिला व्यवसायीलाई तालिम दिइएको थियो।