काठमाण्डौ । नेपालीहरुको महान चाड विजयादशमीलाई लक्षित गरेर कोका–कोला नेपालले मास्टर सेफ विजेता सन्तोष साहसँग मिलेर दसैंँ विशेष ५ वटा रेसिपीहरु तयार गरेको छ। 

दसैंँमा विशेष खाइने परिकारहरु सेल रोटी, खसीको पक्कु, आलु वा कटहरको अचार, मालपुवा र भरेको पर्वल बनाउने तरिका यो रेसिपीमा समावेश गरिएको छ। सबैजनाले सजिलैसँग बनाउन सक्ने भएकोले यी रेसिपीहरु दसैंँका लागि अत्यन्तै उपयुक्त छन्। 

कोका–कोला बोतलको लेबलमा भएको क्यूआर कोड स्क्यान गरेर यी रेसिपी भिडियोहरु हेर्न सकिनेछ भने कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा पनि यी रेसिपी भिडियोहरु उपलब्ध हुनेछन्। 

यसका साथै उपभोक्ताले आफूले बनाएको परिकारको भिडियो कोका–कोला नेपाल र सेफ सन्तोष साहलाई ट्याग गरेर आफ्नो सामाजिक सञ्जालमा राख्न सक्नेछन्। यसरी भिडियो राख्नेमध्ये ३ जना भाग्यशाली विजेताले सेफ सन्तोष साहसँग भेट्ने मौका पनि पाउन सक्नेछन्। 

यस सहकार्यका बारेमा सेफ सन्तोष साहले भने, ‘दसैंँको कुरा गर्नासाथ हाम्रा परम्परागत स्वादिला खानाहरुको पनि कुरा आइहाल्छ। यो वर्ष मैले कोका–कोलासँग मिलेर दसैंँमा खाइने ५ विशेष परिकारको रेसिपी यहाँँहरुलाई दिँदैछु। यो रेसिपीमा मैले आफ्नै विशेष तरिका अथवा सामानहरु पनि थपेको छु। आशा छ, यहाँँहरुले पनि आफ्नो प्रियजनहरुसँग यो रेसिपी बनाउनुहुनेछ र सँगै बसेर रमाइलो गर्दै खानुहुनेछ। यसरी यी परिकार बनाएको भिडियो चाहिँ सामाजिक सञ्जालमा पनि राख्नुहोला।’

यस्तै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘नेपालीहरु आफ्नो चाडपर्व र आफ्नो  मौलिक स्वादप्रति एकदमै गर्व गर्नुहुन्छ। त्यसैले उहाँँहरुका लागि मास्टर सेफ सन्तोष साहसँग मिलेर दसैंँ विशेष परिकारहरुको रेसिपी प्रदान गर्न पाउँदा हामी पनि उत्तिकै उत्साहित छौँ। हामीलाई आशा छ उहाँँहरुले पनि यी रेसिपीहरु बनाउनुहुनेछ र चिसो कोका –कोलासँग स्वाद लिनुहुनेछ।’ 

कोका–कोलाले यो वर्षको आफ्नो दसैंँ क्याम्पेनको एउटा भागका रुपमा मास्टर सेफ सन्तोष साहसँग सहकार्य गरेको हो। ‘सम्बन्ध उत्सव स्वादसँग’ थिम राखिएको यो क्याम्पेनले दसैंँको मुख्य आकर्षण सम्बन्ध र खानाको स्वादलाई प्रतिविम्बित गरेको छ।