काठमाण्डौ । नेपालीहरुको प्रिय खाजा मःम र प्रिय पेय पदार्थ कोकलाई सेलेबे्रेट गर्र्दैे कोका–कोला मोमो उत्सवको आठाँै संस्करण सम्पन्न भएको छ। 

‘कोक+मोमोको स्टोरिजः म्याजिकल मोमोरिज’ भन्ने ट्यागलाइनका साथ कोका–कोलाले ८ वर्षदेखि मम उत्सव आयोजना गर्दै आएको छ। यस वर्ष कोक मोमोरी फेस्ट पोखरा, धरान, काठमाण्डौ, भरतपुर र भक्तपुर गरी सबै प्रमुख सहरहरुमा आयोजना  भएकोे थियो। 

भक्तपुरमा ‘भक्तपुर कुकिङ’ कार्यक्रमको साथ समापन भएकोे कोक मोमोरी फेस्टमा  थियो, जहाँ ४ हजार ४०० भन्दा बढी उपभोक्ताले कुटुम्ब, स्वप्नसुमन, तृष्णा गुरुङ जस्ता लोकप्रिय कलाकारहरुको सांगीतिक प्रस्तुतिको आनन्द लिँदै एकै पटक तिनै सहरका उत्कृष्ट  मोमोका स्वादहरु लिने अवसर पाएका थिए। यससँगै कोक मोमोरी फेस्ट अब १८ हजार ५०० भन्दा बढी उपभोक्ताहरुलाई इमर्सिभ कोक अनुभव प्रदान गरी समापन भएको छ।  

कोका–कोला मोमो उत्सव ग्लोबल कोक एन्ड मिल्स कन्सेप्टको एक स्थानीय अवधारणा हो जसले नेपालीहरुको प्रिय परिकार मोमो र पेय पदार्थ कोकको उत्कृष्ट कम्बोलाई सेलिब्रेट गर्छ। फेब्रुअरी १५ मा सुरु भएको यस अभियान मार्फत कोका–कोलाले नेपालभरका १ हजारभन्दा बढी रेस्टुरेन्ट र भोजनालयसँग सहकार्य गर्दै आफ्ना उपभोक्तालाई डिस्काउन्ट  मूल्यमा विशेष कम्बो अफरहरु प्रदान गरेको थियो।

क्याम्पेनका बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने, ‘कोका–कोला मम उत्सव एउटा बर्सेनि आउने चाडजस्तै भइसकेको छ। अझ चिसो कोक र तातो ममको कम्बो, यो स्वाद त सबै जनाको प्रिय नै छ। हामीलाई त पुरा विश्वास छ कि हाम्रो ग्लोबल कोक एन्ड मिल्स कन्सेप्टको सबैभन्दा राम्रो लोकल भर्सन नै कोका–कोला मम उत्सव हो र हामीलाई खुशी लागेको छ, यसपालि कोका–कोला मम उत्सव काठमाण्डौमा मात्र सीमित नभएर अन्य मुख्य सहरहरुसम्म पनि पुग्यो। नेपाली उपभोक्ताहरुले हामीलाई जुन निरन्तर रुपमा दिनुभएको मायाले गर्दा नै यो सबै सम्भव भएको हो।’

त्यस्तै बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक दीपकनाथ सेन्थिलले भने, ‘कोका–कोला मःम उत्सवको आठौँ संस्करणसँगै हामीले मोमोको यस्ता नोस्टाल्जिक मेमोरीहरु सेलेब्रेट गरेका छौँ, जुन हरेक नेपालीहरुको मनमा छ। त्यो मेमोरीलाई अझ ताजा बनाएको छ चिसो कोकले। मोमो प्लस कोकको स्टोरिज, म्याजिकल मोमोरिज, भन्ने जुन हाम्रो ट्यागलाइन छ, मलाई आशा छ कि हाम्रा नेपाली उपभोक्ताहरुले देशका विभिन्न भागहरुमा भएको कार्यक्रमहरुमा हाम्रा नेपाली उपभोक्ताहरुले यस कोका–कोला मम उत्सवमा अझै नयाँँ–नयाँँ म्याजिकल मोमोरिजहरु बनाउनु साथ–साथै रोमाञ्चक संगीतमा रमाउनु भएको छ।’

देशका मुख्य सहरहरुमा आयोजना भएको यस मोमोरी फेस्टमा आयोजना भएका सबै शहरहरुमा एकदमै उल्लेखनीय सहभागिता रहेको थियो। युवायुवतीदेखि लिएर हरेक पृष्ठभूमिका मानिसहरु विभिन्न खेलहरु खेल्दै कोक र ममको स्वादमा रमाइरहेका देखिन्थे। समग्रमा भन्नुपर्दा कोक र ममको स्वादको मोहले समुदायका हरेक तहका मानिसहरुलाई एक–अर्कासँग रमाइलो समय बिताउने एक अनुपम अनुभव प्रदान गर्न सफल भएको थियो।  

नेपालीहरुको सबैभन्दा मन पर्ने खाजा नै मोमो हो। अझ तातो मोमो र चिसो कोकको कम्बो त झन एकदमै रुचाइन्छ। मोमोसँग कोक नखाने शायदै  कमै नेपाली होलान् र ती  हरेक नेपालीसँग कोक र ममको याद्गार पलहरु पक्कै पनि छ। कोकले आफ्ना उपभोक्तालाई त्यस्ता मोमोरिजहरु सेअर गर्न आह्वान गरेको थियो। तीमध्ये रमाइला मोमोरी सेयर गर्ने उपभोक्तालाई दैनिक दराज भाउचरहरु, साप्ताहिक पुरस्कारहरु Samsung Galaxy A04e  र बम्पर पुरस्कारमा Samsung Galaxy A04e  र स्वस्तिमा खड्कासँग डिनर प्रदान गरिएको छ । यसका साथै त्यस्ता मोमोरिजहरु सेअर गर्ने १ हजार बढी उपभोक्तामध्येबाट १५० भन्दा बढीलाई पुरस्कार प्रदान गरिएको थियो।