नयाँदिल्ली । कोका–कोला इन्डियाले अजय विजय बथिजालाई फ्रान्चाइज अपरेसन फर साउथवेस्ट एसिया (एसडब्ल्यूए) को भाइस प्रेसिडेन्ट रुपमा नियुक्त गरेको छ। 

कोका–कोला कम्पनीसँग अजयको करिब २४ वर्षको करियर यात्रा रहेको छ। जसमा उनीले मार्केटिङ एन्ड  फ्रान्चाइजमा एक्स्पर्टिज समावेश गरेका छन्।

सन् १९९९ मा अजयले हिन्दुस्तान कोका–कोला बेभरेज प्रालि (एचसीसीबीपीएल) र फ्रन्ट लाइन सेल्स टिमसँग आफ्नो व्यावसायिक यात्रा सुरु गरेर यस संगठनभित्र विभिन्न भूमिका र पदहरुमा लगातार प्रगति गर्दै अगाडि बढ्दै गरेका थिए। उनी २००५ मा स्याब्को भियतनाममा मेकोंग डेल्टा क्षेत्रको लागि रिजन म्यानेजर पनि रहेका  थिए। यो निर्णायक भूमिकामा उनले भोल्युम ड्राइभ गर्न सेल्स अपरेसन र रुट–टु–मार्केट रणनीतिहरूको नेतृत्व गरेका थिए।
अजय कोलाजका लागि मार्केटिङ डाइरेक्टरका रुपमा भारत फर्के र ‘सेयर अ कोक’ अभियानको नेतृत्व गरे। उनले सफलतापूर्वक कोका–कोला जिरो सुगर पहिलोपटक (आईएनएसडब्ल्यूए) (भारत र दक्षिणपश्चिम एसिया) बजारमा ल्याएका थिए। उनले एकीकृत मार्केटिङ अभियानहरुमार्फत थम्स अपलाई पुनरुत्थान गर्नमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए। जसको परिणामस्वरुप उक्त ब्रान्डको लोकप्रियतामा वृद्धि भएको थियो।

सन् २०१८ देखि २०२० सम्म बंगलादेशका लागि कन्ट्री म्यानेजरका रुपमा अजयले विश्वव्यापी रुपमा द कोका–कोला कम्पनीभित्र बंगलादेशलाई कोका–कोलाका टप ३ बजारहरुमा ल्याउन बोटलिंग पार्टनरहरुसँग नजिक रहेर काम गरेका थिए। सन् २०२० मा उनी फ्रन्ट लाइन मार्केटिङमा वरिष्ठ डाइरेक्टर हुन पुगे। जहाँ उनले पोर्टफोलियो स्ट्राटेजी पंक्तिबद्ध रुपमा सञ्चालन गरे, सिमलेस कमर्शियल र मार्केटिङ कार्यान्वयनमा सहजीकरण गरेका थिए र बंगलादेशमा कम्पनीको सबैभन्दा चर्चित म्युजिकल फ्रान्चाइजी ’कोक स्टुडियो’ सफलतापूर्वक सुरु गरेका थिए। 

अजयको अग्रगामी ‘इज कुकिङ’ले कोक र खानाको अनुभव प्रदान गर्ने प्लेटफर्मको साथ जस्तै “कोलकाता कुकिंग“ संग कोका–कोलाको ब्रान्ड लोकप्रियता र उपभोक्ता संलग्नतालाई बढावा दिएको छ। 

भारत र दक्षिणपश्चिम एशियाका प्रेसिडेन्टले संकेत रेले भने, ‘व्यवसायको बुझाइ र विकासको मानसिकताका साथ, अजयसँग व्यवसायलाई नयाँ उचाइमा पुर्याउने प्रमाणित ट्रयाक रेकर्ड छ। हामी आशावादी छौँ कि उनको असल व्यावसायिक कौशलता र सहयोगी दृष्टिकोणले उनले दक्षिणपश्चिम एशिया क्षेत्रमा यस संगठनको उद्देश्यलाई अगाडि बढाउनेछन्।’

अजयले एनएमआईएमएस मुम्बईबाट मार्केटिङ म्यानेजमेन्टमा सफलतापूर्वक मास्टर्स पूरा गरेका छन्। उनले एचआर कलेज अफ कमर्स एन्ड इकोनोमिक्सबाट वाणिज्यमा स्नातक तह हासिल गरेका छन्।