काठमाण्डौ । कोका–कोला बेभरेजेज नेपालले वितरण प्रणालीलाई अझै प्रभावकारी बनाउने र नेपालभर आफ्नो उपस्थितिलाई सुदृढ गर्ने उद्देश्यका साथ ‘कोक बडी’ एप लन्च गरेको छ ।

रिटेलरहरूले कुनै पनि समयमा कुनै पनि स्थानबाट डिस्ट्रिब्युटरहरूमार्फत कोका–कोलाका पेय पदार्थहरू चाँडोभन्दा चाँडो र सहज रुपमा अर्डर गर्न सकुन् भन्ने उद्धेश्यले यो एप लन्च गरिएकोक कम्पनीले बताएको छ ।

नेपालभरका २५६ वितरकहरू र १ लाख ५६ हजार आउटलेटहरूलाई जोड्दै  यो नयाँ मोबाइल एप्लिकेसनले कोका–कोलाका उत्पादनहरू वितरण गरिने शैलीलाई डिजिटल रूपमा रूपान्तरण गर्ने पनि कम्पनीले बताएको छ ।

यो एपले सप्लाई चेन म्यानेजमेन्टलाई अप्टिमाईज गर्ने, इन्भेन्टरि भिजिबिलिटि सुधार गर्ने र अन्ततः डिस्ट्रिब्युटर र रिटेलरहरु दुवैका लागि सहज अनुभव प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध सञ्चालक दीपक नाथ सेन्थिलले  नयाँ कोक बडी एपले वितरक र रिटेलर आउटलेटहरूलाई सहज रुपमा कनेक्ट गर्न र अर्डर लिन र दिन सजिलो बनाउने बताएका छन् । 

त्यस्तै, कोका–कोला बेभरेजेज नेपालका वाणिज्य सञ्चालक युनुस रियादीले सुविधाजनक रुपमा अर्डर गर्ने एप – कोक बडी विशेष रूपमा रिटेलरहरूका लागि तयार पारिएको बताए ।