 
                     
                                
                             
                                    काठमाण्डौ । अन्तराष्ट्रिय जगतलाई नै आक्रान्त बनाइरहेको नोबेल कोरोना भाईरस (कोभिड १९)को महामारी नियन्त्रण तथा रोकथामका लागि भइरहेको प्रयासमा शिवम् सिमेन्ट्स लिमीटेडले पनि साथ दिएको छ ।
शिवम सिमेन्ट्सले ग्रामीण क्षेत्रका परिवारमा खाद्यान्न वितरण तथा क्वारेन्टाइनका लागि १० वटा आइसोलेटेड बेड बनाउन आर्थिक सहयोग गरेको हो ।
शिवम्ले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै मकवानपुर स्थित उद्योग परिसर वरिपरि रहेका हेटौंडा उप–महानगरपालिकाका वार्ड नं. ६, १६ र १७ मा सोही वडाका जनप्रतिनिधिहरुसँगको समन्वयमा ३८० घर परिवारलाई खाद्यान्न वितरण गरेको हो ।
यसका साथै मकवानपुर गढी गाउँपालिकामा आइसोलेटेड बेडसहितको १० बेडको क्वारेन्टाइन बनाउन समेत आर्थिक सहयोग उपलब्ध गराइएको शिवम् सिमेन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
केही दिनदेखि देशमा जराी लकडाउनका कारण सबै नेपालीको दैनिक जीवन नराम्ररी प्रभावित भएको छ लकडाउनबाट दैनिक ज्यालादारी गरी गुजारा गर्ने तल्लो तहका नागरिक र तिनका परिवार सबैभन्दा पीडित हुने र दैनिक हातमुख जोर्न नै कठिन हुने अवस्था सिर्जना भएकोले यस क्षेत्रका उक्त परिवारहरुको दैनिकी सहज होस् भनी खाद्यान्न वितरण गरिएको तथा आगामी दिनहरुमा समेत स्थानीय तहसँगको सहकार्यमा सहयोगको कार्यलाई निरन्तरता दिने उद्योग प्रमुख नवल किशोर चौधरीले बताए ।
शिवम सिमेन्टले कोरोना भाइरसको महामारी यसअघि भोगिएका संकटभन्दा भिन्न किसिमको महासंकट रहेको उल्लेख गर्दै यस्तो बेलामा सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेका निर्देशनको पूर्ण पालना गर्दै आफू पनि बचाउन र अरुलाई पनि बचाउने भावनाका साथ रहन देशबासीमा अपील समेत गरेको छ ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19