काठमाण्डौ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा सन नेपाल लाइफ इन्स्योरेन्सको तर्फबाट ३० लाख रुपैयाँ सहयोग गरिएको छ ।
कम्पनीका कर्मचारीहरुको तर्फबाट १९ लाख रुपैयाँ र कम्पनीको तर्फबाट ११ लाख रुपैयाँ गरी कुल ३० लाख रुपैयाँ कोषलाई सहयोग गरिएको कम्पनीले एक विज्ञप्तिमार्फत जनाएको हो ।
यसरी जम्मा भएको रकम बराबरको चेक सन नेपाल लाइफ इन्स्योरेन्सका महाप्रवन्धक कमलराज गौतमसहित प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालबाट कोषका प्रमुख राजेन्द्र पौडेललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सिहदरबारमा पुगेर हस्तान्तरण गरेका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19