काठमाण्डौ । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गरिरहेको प्रयासलाई साथ दिन नेपाल बैंकले रु. १ करोड सहयोग गर्ने भएको छ ।
नेपाल बैंकको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत नेपाल सरकारले निर्धारण गरेको उपयुक्त कोषमा जम्मा हुने गरी रु. १ करोड रकम प्रदान गर्ने निर्णय गरेको हो ।
बैंकले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले समग्र विश्वलाई नै प्रभावित पारिरहेको मानवीय विपतको घडीमा देशमा कोभिड–१९ को सम्भावित संक्रमण, रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले गरेको पहलकदमीलाई साथ दिन उक्त विपद्बाट सृजना हुन सक्ने जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सहयोग गर्ने निर्णय भएको प्रष्ट्याएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago