काठमाण्डौ । विशाल ग्रुपअन्तर्गतको भीजी फाउन्डेसनले सरकारद्वारा स्थापित कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
भीजी फाउन्डेसनले यो संकटविरुद्धको सरकारी अभियानलाई मद्दत गर्न र आवश्यक उपकरण तथा सावधानीका सामग्री उपलब्ध गराउन उक्त रकम सहयोग गर्ने घोषणा गरेको हो ।
भीजी फाउन्डेसनले अब एन ९५ मास्क, स्यानिटाइजर, संक्रमितको उपचारका क्रममा प्रयोग हुने पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई), इन्फ्रारेड थर्मोमिटर र अन्य स्वास्थ्य सामग्री आपूर्ति गरेर नेपालका विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपलब्ध गराउन अन्तर्राष्ट्रिय आपुर्तिकर्ताहरुसँग सहकार्य गरिरहेको छ । ‘यो संकटविरुद्ध लागि रहेका स्वास्थ्यकर्मी र यसको प्रभाव भोगिरहेकालाई सहयोग गर्न प्रतिबद्ध सबै सहकर्मीप्रति विशाल ग्रुप धेरै गर्व गर्छ’, भीजी फाउन्डेसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आशा छ हाम्रो यो सहयोगले स्वास्थ्यकर्मी र सर्वसाधारणलाई केही राहत दिनेछ ।’
कोरोना भाइरसकको त्रास सुरु भएपछि भीजी फाउन्डेसनले वीर अस्पताल, थापाथली अस्पताल (प्रसुती गृह) र कान्तिबाल अस्पतालमा ह्यान्ड स्यानिटाइजर र सर्जिकलमास्कहर वितरण गरेको थियो । ‘फ्रन्ट लाइनमा रहेर सर्वसाधारणको सुस्वास्थ्यका लागि तीव्र गतिमा फैलिरहेको यो संकटको सामना गरिरहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई विशाल ग्रुप सम्मान गर्न चाहन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई आशा छ, हाम्रो यो सहयोगले स्वास्थ्यकर्मी र सर्वसाधारणलाई केही राहत दिनेछ ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago