काठमाण्डौ । मोरङको विराटनगरस्थित कोशी अस्पतालमा प्रभु बैंक लिले सोमबारदेखि आफ्नो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

कोशी अस्पतालका प्रमुख सुपरिन्टेन्डेन्ट डा. श्री गुणराज लोहनीले एक समारोहबीच एक्स्टेन्सन काउन्टरको उद्घाटन गरे । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सार्वजनिक बिदाको दिनबाहेक बिहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्वास्थ्यसम्बन्धी कार्यको सिलसिलामा कोशी अस्पतालमामा आउने सम्पूर्ण सेवाग्राहीलाई बैंकिङ्ग सेवा उपलब्ध हुनेछ । उपचारको सिलसिलामा कोशी अस्पतालमा आउने सेवाग्राहीले बुझाउनुपर्ने जुनसुकै रकम विनाझण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न पाउने छन् ।

यो एक्स्टेन्सन काउण्टर सञ्चालनपश्चात् अस्पतालको आर्थिक क्रियाकलाप बैंकिङ प्रणालीमार्फत हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ । साथै समाजसेवी भावनाले सामाजिक क्रियाकलापलाई निरन्तरता दिएको यस बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीको सेवामा समेत उल्लेख्य योगदान पुर्याउने प्रण गर्दछ ।