काठमाण्डौ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको क्यान इन्फोटेक आज बुधबारदेखि काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको छ। 

२७ औँ संस्करणका रुपमा रहेको क्यान इन्फोटेकको डाइमन्ड प्रायोजकमा डिसहोम फाइबरनेट रहेको छ। डाइमन्ड प्रायोजक डिसहोम फाइबरनेटले आफ्नो स्टल नं. डि ३१ मार्फत आफ्नो फाइबरनेटको  आवश्यक जानकारी दिनुका साथै भिजिटरलाई डिसहोम गोको एक हप्ताका लागि प्रयोग गर्न मिल्ने युजर आईडी तथा पासवर्ड प्रदान गर्नेछ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यका साथ वार्षिक रुपमा क्यान इन्फोटेक आयोजना हुने गरेको छ।
यस पटकको क्यान इन्फोटेकमा आईसिटी एक्सेसरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, सूचना प्रविधि, वाई–फाई तथा इन्टरनेट र लर्निङ सेन्टरलगायतका विभिन्न खण्ड रहनेछन्।

यस वर्षको क्यान इन्फोटेक साढे ३ लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा लिइएको छ।

यो मेलालाई आईएमई पेले शीर्ष प्रायोजन गरेको छ भने सहप्रायोजककोे रुपमा स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) रहेको छ। यसका साथै प्लेटिनम प्रायोजकमा वर्ल्डलिंक कम्युनिकेसन्स, डाइमन्ड प्रायोजक डिसहोम फाइबरनेट, गोल्ड प्रायोजकमा नेपाल टेलिकम, सिल्भर प्रायोजकमा नमस्ते पे, एस–पावर र डिजिकम रहेका छन्।