काठमाण्डौ । कुमारी क्यापिटल लिमिटेडले पाँचौ वर्ष पूरा गरेको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । 

कम्पनीले गत मंगलबार काठमाण्डौको नक्सालस्थित बक्सिङ क्लबको प्राङगणमा ‘रक्तदान जिवनदान’ भन्ने नाराका साथ रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कम्पनीले कार्यक्रममा सहभागी भएर सहयोग गरेकोमा रक्तदाता नेपाल रेडक्रस सोसाइटी तथा काठमाण्डौ महानगरपालिका वडा नं. १ लाई धन्यवाद दिएको छ ।