काठमाण्डौ । आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित सफ्टवेयर टिगलाई अब रेष्टुरेन्ट र रिटेल व्यवस्थापनमा समेत प्रयोग गर्न सकिने भएको छ ।

बीआईसी टेक्नोलोजीले निर्माण गरेको सफ्टवेर टिगमा रेष्टुरेन्ट, क्याफे र रिटेल म्यानेजमेन्ट सुविधा थप गरेको हो ।अहिलेसम्म १ हजार ५०० बढी व्यवसायहरूले प्रयोग गर्दै आएका छन् भने कर्णाली प्रदेशका दुर्गम जिल्लाका दुई दर्जनभन्दा बढी व्यवसायीहरूले यसअघि देखि नै अकाउन्टिङ सफ्टवेयर निःशुल्क प्रयोग गरिरहेका छन् ।

साना तथा मझौला व्यवसायलाई डिजिटल बनाउने उद्देश्यले टिगमा अकाउन्टिङका साथै रिटेल र रेष्ट्रो मोड्युल पनि थप गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश केसीले बताए ।
‘टिगको लक्ष्य साना तथा मझौला व्यवसायलाई डिजिटल बनाउनु हो,’ उनले भने, ‘त्यसै अनुसार टिगमा रेष्टुरेन्ट, साना मार्ट, होलसेल र रिटेल पसललाई एउटै प्लेटफर्मबाट व्यवस्थापन गर्न सकिने गरी नयाँ सुविधा ल्याएका छौं । टिगमा अकाउन्टिङ र स्टक व्यवस्थापन सुविधा यसअघि देखि नै उपलब्ध छ ।’
रेस्टुरेण्ट, क्याफे वा मार्ट व्यवसायीहरुले सफ्टवेयरको डेमो निःशुल्क रूपमा हेर्न सक्ने व्यवस्था मिलाईएको छ । यस बाहेक टिगले व्यवसायीलाई तालिम समेत उपलब्ध गराउँदै आएको छ ।

सफ्टवेयर प्रयोग गर्न चाहने सबैका लागि निशुल्क अनलाइन तालिमको व्यवस्था गरिएको टिगकी सह-संस्थापक प्राथना शाखःले बताइन ।
नयाँ सेवा सार्वजनिक गरेको अवसरमा अहिले टिगको अकाउन्टिङ, रिटेल र रेष्ट्रो सेवाको खरिदमा ४० प्रतिशतसम्म छूट पाइने छ ।

टिग रेष्ट्रोमा टेबल म्यानेजमेन्ट, अर्डर प्रोसेसिङ, किचेन अर्डर सिस्टम, मल्टिपल लोकेसन सपोर्ट, ह्याण्डहेल्ड डिभाइसबाटै अर्डर सुविधा, हार्डवयेरमा पीओएस इन्टिग्रेसन लगायतका विशेषताहरू रहेका छन् ।

यस्तै टिग रिटेलबाट सजिलै आफ्नो होलसेल पसल वा मार्ट व्यवस्थापन गर्न सकिने छ । यसबाट आफ्नो विभिन्न ठाउँमा रहेका पसल वा मार्टमा सजिलै अनलाइनबाटै निगरानी राख्न र व्यवस्थापन गर्न सकिने छ ।

टिग रिटेलमा सेल्स अर्डर प्रोसेसिङ, बारकोड प्रिन्टिङ तथा स्क्यानिङ, रिसेप्ट प्रिन्टिङ, प्रडक्ट व्यवस्थापन, रियल टाइम एनालाइसिस लगायतका सुविधा  छन् ।टिग क्लाउडमा आधारित सफ्टवेयर भएको कारण जुनसुकै ठाउँबाट पनि यसलाई अनलाइनमार्फत चलाउन सकिने कम्पनीले बताएको छ ।