काठमाण्डौ । क्रम्प्टन ग्रीभ्स कन्ज्युमर इलेक्ट्रिकल्स लिमिटेडलाई भारत सरकार, ऊर्जा मन्त्रालय र ऊर्जा दक्षता ब्यूरो (बीबीई) द्वारा प्रतिष्ठित राष्ट्रिय ऊर्जा संरक्षण पुरस्कार २०२३ बाट सम्मानित गरिएको छ । 

यस अवसरमा चौधरी ग्रूपले क्रम्प्टनलाई बधाई दिंदै दुईृ कम्पनी बीचको सहकार्यमा सन्तुष्टि जनाएको छ ।  उक्त  पुरस्कार डिसेम्बर १४, २०२३ मा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले विज्ञान भवन, नयाँ दिल्लीमा राष्ट्रिय ऊर्जा संरक्षण दिवसमा प्रदान गरेकि थिइन् ।

राष्ट्रिय ऊर्जा संरक्षण पुरस्कार भारतको एक प्रमुख वार्षिक कार्यक्रम हो जसले ऊर्जा संरक्षणमा असाधारण योगदानहरूलाई सम्मानित गर्ने गरेको छ ।

नेपालमा सन् २०२१ देखि चौधरी ग्रूपले क्रम्प्टन ब्रान्डका उत्पादनहरू आफ्नो च्यानल र आउटलेटहरूमार्फत देशभर वितरण गर्दै आएको छ ।साथै उसले नेपालमा क्रम्प्टनका फ्यान, हिटर, गिजर, इमर्सन रड, आइरन, मिक्स्चर ग्राइन्डर, इन्डक्सन र एयर कुलर बेच्दै आइरहेको छ ।