काठमाण्डौ। आत्मविश्वास र ताजगीका साथ नजिक हुन युवालाई प्रोत्साहन गर्दै क्लोजअपको फर्स्ट मुभ ‘ह्यासट्याग नजिकआऊ’ डिजिटल अभियान भएको छ।
युवाहरुमा आत्मविश्वासका साथ आफ्नो मनपर्ने व्यक्तिप्रति नजिक हुन प्रोत्साहन गर्ने यो अभियान चलाइरहेको हो। दाँतको स्वास्थ्यसम्बन्धी सामग्री उत्पादन गर्ने ब्रान्ड क्लोजअपले युवाहरुमा आत्मविश्वास र मुख्य उद्देश्य सामिप्यता बढाउने उद्देश्य लिँदै आएको छ।
सहभागीहरुको सकारात्मक प्रतिक्रियाको साथ यस अभियानमा २५०० प्रयोगकर्ताले टिकटक भिडियो बनाएका छन्। जसले सोसियल मिडिया प्ल्याटफर्महरुमा सकारात्मक ऊर्जाको लहर सिर्जना गरेको कम्पनीले जनाएको छ।
प्रतिभाशाली सुशान्त केसीको रचना तथा गायन रहेको अभियानको थिम गीत, ‘नजिक आऊ’ ले दर्शकहरुमा गहिरो प्रभाव परेको थियो। यस गीतले युट्युबमा २० लाख भ्युज र फेसबुक र इन्स्टाग्राममा कुल ७२ लाख भ्युज पाएको थियो।
यस अभियानलाई ३७ जना सोसियल मीडिया इन्फ्लुयेन्न्सरको उत्साहजनक सहभागिताले अझ प्रभावशाली बनाउन मद्दत गरेको थियो।
अभियान सहभागीमध्ये निमा याङ्गचेन ह्योल्मोले आफ्नो भिडियो सबै भन्दा धेरै भ्युज (३७ लाख) पाएर विजेता बन्न सफल भइन र उपहारस्वरुप रु. १ लाख जितिन्।
त्यसैगरी ट्विन्स ब्रोडर फ्युजनले ७ लाख ९३ हजार इन्गेजमेन्ट पाएर दोस्रो पुरस्कारस्वरुप रु. ५० हजार हासिल गरेका छन्।
यसका साथै आफ्नो नवीन र रचनात्मक क्षमता प्रदर्शन गरेका जस्टिन बोगटी, किशोर क्यामरबाबा र श्रुतीभि तेस्रो पुरस्कारस्वरुप आफ्ना प्रियजनसँग रोमान्टिक स्पा डेट एक्स्पेरियेंस हासिल गरेका छन्। त्यसैगरी रवि लामा, शर्मिला मगर, मनजित, राकेश र टोपेन्द्र शाहीलाई अभियानमा उनीहरूको सहभागिता र प्रयासको लागि सम्मान गरिएको थियो र प्रशंसाको प्रतीकका रुपमा क्लोजअपबाट आकर्षक गिफ्ट हयाम्पर प्राप्त गरेका छन्।
यस अभियानलाई उत्कृष्ट सफलता प्रदान गर्ने सबै सहभागी, इन्फ्लुइन्सर र समर्थकप्रति कम्पनीले आभार व्यक्त गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19