 
                     
                                
                             
                                    काठमाण्डौ । खल्ती डिजिटल मोबाइल वालेटले आफ्नो भाइबर समुदायमा जोडिने ग्राहकका लागि ‘खल्डीमा आइफोन १२’ अभियानमार्फत आइफोन १२ जित्ने अवसर ल्याएको छ। यस अभियानअन्तर्गत खल्ती प्रयोगकर्ताले बम्पर उपहारमा अहिले निक्कै प्रचारमा रहेको आइफोन १२ पाउन सक्ने छन्।
खल्तीले आफ्नो भाइबर स्टिकरको लन्चअन्तर्गत जनवरी ४ देखि अप्रिल ४ सम्म भाइबर समुदायमा जोडिने ग्राहकका लागि यो योजना ल्याएको हो। उक्त योजनामा सहभागी हुनेहरूमध्ये बम्पर उपहारमा एकजनाले आइफोन १२ उपहारस्वरुप पाउनेछन् भने धेरैजनाले साप्ताहिक र मासिक उपहारहरु पनि जित्न सक्नेछन्।
यस योजनामा सहभागी हुन खल्तीको भाइबर कम्युनिटीमा जोडिएपछि वेबसाइट Khalti.com वा खल्ती मोबाइल एपको होमस्क्रिनमा रहेको खल्ती ‘बजार’ मा गई ‘खल्तीमा आइफोन १२’ क्याम्पेनमा गएर २० रुपैयाँ भुक्तानी गरी रिचार्ज गर्नुपर्नेछ। विजेताको घोषणा योजना सकिएको ७ दिनपछि फेसबुक लाइभमा लक्की ड्रमार्फत गरिने खल्तीले जनाएको छ।
खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो। जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिङ कारोबार सहज साथै सरल गर्नु हो। ‘खल्ती’ वालेटको प्रयोग गरी ६०ं बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्सको टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्नेजस्ता धेरै सेवाहरु लिन सकिन्छ। साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’का प्रयोगकर्ताको संख्या १४ लाखभन्दा बढी छन्।
कसरी डाउनलोड गर्ने ’खल्ती’ एप ?
‘खल्ती’ एप यो Khalti.com/app बाट डाउनलोड गरी उपलब्ध सबै सेवाहरुको अनलाइन भुक्तानी गर्न सकिन्छ। मोबाइलमा डाउनलोड गर्न गुगल प्ले स्टोर वा एप्पल स्टोरमा यो एप उपलब्ध छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19