काठमाण्डौ । खल्ती डिजिटल वालेटले गत वर्षको तुलनामा यसपटक दोब्बर अफरसहित अहिलेसम्मकै सबैभन्दा ठूलो अफर ‘द बिगेस्ट पेमेन्ट जात्रा’ लिएर आएको छ। 

दुई महिनाको यो अफरअन्तर्गत खल्तीले असार ३१ सम्म पल्सर एन१६० बाइक ५ जनाले जित्न सकिने अफर ल्याएको छ। योलगायत आईफोन १४, वनप्लस ११, स्मार्ट टिभी, सबैलाई खुत्रुके, १ करोडभन्दा बढी स्क्र्याच कार्ड, स्मार्टब्यान्ड, इयरबड, कुपनहरु मिलाई करोडौँको अफर ल्याएको छ।

यो अफर जेठ १ गतेदेखि असार ३१ सम्म लागू हुनेछ। यस अफरलाई राउन्ड १, राउन्ड २, राउन्ड ३ र राउन्ड ४ गरी ४ राउन्डमा विभाजन गरिएको छ। प्रत्येक राउन्डमा कुनै पनि २ भुक्तानी पूरा गर्ने प्रयोगकर्ता पल्सर एन१६० को लक्की ड्रका लागि योग्य हुनेछन्। हरेक राउन्डको अन्त्यमा एक विजेता घोषडा हुनेछ। चार राउन्डमा योग्य हुने प्रयोगकर्ता बोनस राउन्डका लागि पनि योग्य हुनेछन् र बोनस राउन्डको पल्सर एन१६० जित्न सहभागी हुनेछन् । तसर्थ, कुल मिलाएर प्रयोगकर्ताका लागि पल्सर एन१६० जित्ने ५ मौका छन्।

यसबाहेक खल्तीले वर्ल्डलिङ्कको बिल तिर्ने र उडान टिकट खरिद गर्ने प्रयोगकर्तालाई दुईवटा आईफोन १४ विशेष उपहार दिने योजना पनि गरेको छ। तसर्थ, यी सेवाको भुक्तानी गर्ने कोही दुई भाग्यशालीले आईफोन १४ जित्ने मौका पाउनेछन्।

त्यसैगरी अर्को विशेष उपहार खल्तीबाट बीमा प्रिमियम भुक्तानीमा रहेको छ। जहाँ कोही एक भाग्यशाली प्रयोगकर्तालाई वानप्लस ११ जित्ने मौका रहेको छ। यसका साथै आफ्नो बीमा प्रिमियम भुक्तानीमा प्रयोगकर्ताले हरेक हप्ता स्मार्ट टीभी र स्मार्टब्यान्ड पनि जित्न सक्नेछन्।

यी अफरबाहेक खल्ती एपभित्र जात्रा दुईवटा विशेष फिचर पनि देख्न सकिनेछ। जसमा प्रयोगकर्ताले जित्ने मौका निश्चित छन्। प्रयोगकर्ताले बिना कुनै भुक्तानी गरी दैनिक रुपमा ‘खुत्रुके’ फुटाउन सक्नेछन्। जसमा विभिन्न किसिमका अफर र क्यासब्याक समावेश गरिएको छ। 

यसका साथै अर्को विशेषता भनेको डिजिटल स्क्र्याच कार्ड हो। जुन नेपालमै पहिलोपटक कुनै डिजिटल वालेटमा ल्याइएको फिचर हो। प्रयोगकर्ताका लागि १ करोड रुपैयाँभन्दा बढी स्क्र्याच कार्ड छन्। जहाँ रु. १०० भन्दा माथिको कुनै पनि भुक्तानीमा विभिन्न अफरसहित प्राप्त गर्न सक्नेछन्। 

यस अफरकाबारे थप बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, ‘सन् २०७९ मा ’द बिगेस्ट पेमेन्ट जात्रा’ को अपार सफलता पछि यसपाली करोडौँको अफर सुरु गर्न पाउँदा हामी उत्साहित छौँ। हामी विश्वास गर्छौैं कि यस अफरले प्रत्येक प्रयोगकर्तालाई कुनै पनि भुक्तानी गर्ने अतुलनीय फाइदाहरुका साथ डिजिटल रूपमा कारोबार गर्न प्रोत्साहित गर्नेछ। यसबाहेक खुत्रुके र स्क्र्याच कार्डजस्ता हाम्रा सुविधा भएकाले यो जात्रामा कुनै पनि प्रयोगकर्ता खाली हात रहने छैन। यस अफरलाई सफलतापूर्वक सञ्चालन गर्न सहयोग गर्नुहुने सबै साझेदारप्रति पनि हामी आभारी छौँ।’

यसैगरी प्रयोगकर्ताको अनुभवलाई अझ राम्रो बनाउने प्रक्रियामा यस वर्ष खल्तीले आफ्नो एपभित्र एउटा जात्रा पेज निर्माण गरेको छ। जहाँ प्रयोगकर्ताले यो अफरभित्र आफ्नो भुक्तानी यात्रा अनुभव गर्न सक्नेछन्। एपमा रहेको यो भागले प्रयोगकर्ताको भुक्तानीको चरण र प्रत्येक राउन्डको प्रगति देखाउँछ।
यस अफरमा सहभागी हुन भने केवाईसी भेरिफाइड अनिवार्य छ। केवाईसी भेरिफाइड नभएका प्रयोगकर्ताले पनि केही मिनेटमै केवाईसी भेरिफाइड गराएर अफरमा सहभागी हुन सक्नेछन्। 

‘द बिगेस्ट पेमेन्ट जात्रा’ को शुभारम्भको अवसरमा अर्थमन्त्री, नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक, नेपाल बैंकर्स संघका अध्यक्ष, नेपाल बीमाकर्ता संघका अध्यक्षलगायत अन्य पदाधिकारीले यस महाअभियानको सफल समापनका लागि शुभकामना व्यक्त गरेका छन्। 

आईएसओ २७००१ः२०१३ बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा पुगेको छ। हाल खल्तीमा देशभरिका ३४ लाखभन्दा बढी प्रयोगकर्ता, ८५ हजारभन्दा बढी एजेन्ट, ६५ हजारभन्दा बढी व्यापारी, ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था, १ हजार १०० भन्दा बढी सहकारी र ३०० भन्दा बढी कर्मचारीको परिवारमा वृद्धि गरेको छ। सबै नेपालीमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टीभी रिचार्ज, हवाई, सिनेमा र एइभेन्ट टिकट बुकिङ, बीमा शुल्क, ई–कमर्सहरु, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिल र थुप्रै डिजिटलाइज्ड सेवा उपलब्ध गराएको छ।