काठमाण्डौ । इन्जिनियरिङको इन्ट्रान्स तयारी गर्ने विद्यार्थीले पीईए एसोसिएसनको शुल्क खल्ती डिजिटल वालेटबाट तिर्न सक्ने भएका छन्। खल्तीले शुल्क भुक्तानी गर्नेसम्बन्धी पीईएसँग सम्झौता गरेसँगै यस्तो सहजता भएको हो।

खल्तीका ग्राहकले खल्ती बजारमा रहेको पीईए एसोसिएसनको मेनुमा ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन्। यस्तै पीईएको वेबसाइटबाट पनि विद्यार्थीले यो सुविधाको उपयोग गर्न सक्नेछन्।

पीईए एसोसिएसनले इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीहरूलाई प्रवेश परीक्षा तयारमा सघाउँदै आएको छ।  इन्जिनियरिङ अध्ययन संस्थामा आवद्ध व्यावसायिक व्यक्तित्वहरूबाट सन् १९९४ मा स्थापित पीईए ८५ शिक्षक र ३८ जना कर्मचारीसहित आफ्नै भवनमा सञ्चालित रहेको पीईएका सूचना प्रविधि अधिकृत आर्जन बास्कोटाले जानकारी दिए। ‘खल्ती डिजिटल वालेटबाटै विभिन्न शुल्क तिर्न सक्ने भएपछि विद्यार्थीलाई पीईएको सुविधा लिन निकै सहज हुनेछ’, उनले भने। 

पीईएबाट हजारौँले प्रवेश परीक्षाको तयारी गरेका छन्। यहाँबाट प्रवेश परीक्षाको तयारी गर्ने विद्यार्थीलाई प्रतिस्पर्धामा खरो रूपमा उतार्न संस्थाले शिक्षण विधि र शैक्षिक सामग्रीको स्तरोन्नति गरिरहेको जनाएको छ। 

संस्थामा खल्तीमार्फत अनलाइन कक्षा, पुस्तकलगायतका सामग्री, परीक्षा र अग्रिम बुकिङको शुल्क तिर्न सकिन्छ। 

खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो। खल्ती वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्नेजस्ता धेरै सेवाहरु लिन सकिन्छ। खल्तीका प्रयोगकर्ताको संख्या १३ लाखभन्दा बढी छ।

खल्ती एप गुगल प्ले, एप स्टोर र खल्ती डटकम वेवसाइटबाट डाउनलोड गरी उपलब्ध सबै सेवाहरुको अनलाइन भुक्तानी गर्न सकिन्छ।