 
                     
                                
                             
                                    काठमाण्डौ । खल्तीले अब प्रयोगकर्तालाई सजिलै सदर चिडियाखानाको टिकट काट्न मिल्ने सुबिधा ल्याएको छ। यस सुविधाले सदर चिडियाखानामा लाइन बसी टिकट काट्नुपर्ने समस्याको समाधान भएको छ।
यस सेवाका बारे थप बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, ‘विशेषगरी सानै छोराछोरी भएका अभिभावकलाई अब परिवारलाई चिडियाखाना घुमाउन लाइन बसेर टिकट काट्नुपर्ने छैन। विगतमा पनि खल्तीले आमनेपालीको समस्याहरु समाधानलाई ध्यानमा राखी यस्तै विभिन्न सुबिधाहरु ल्याइसकेको छ। अब परिवारसँग गुणस्तरीय समय बिताउन, चिडियाखाना घुमाउन योजना बनाउँदा घरबाटै टिकट काट्न सजिलो भएकाले यसले आन्तरिक पर्यटनमा पनि योगदान गर्ने विश्वास हामीले लिएका छौँ।’
इच्छुक प्रयोगकर्ताले तल बताइएको तरिकाअनुसार खल्तीमार्फत सदर चिडियाखानाको टिकट बुक गर्न सक्नेछन्–
खल्तीमार्फत काटिएको टिकट खल्तीको मेनुभित्र रहेको ‘माई बुकिङ’ मा हेर्न सकिन्छ। साथै, खल्तीबाट सदर चिडियाखानाको टिकट काट्दा हरेक दिन १ जना भाग्यमानी प्रयोगकर्ताले ३२ इन्चको यसुदा टीभी जित्न सक्नेछन्।
आईएसओ २७००१ः२०१३ बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा पुगेको छ। खल्तीमा हाल २५ लाखभन्दा बढी प्रयोगकर्ता र ६० हजारभन्दा बढी एजेन्ट नेटवर्कसँगै देशभरको परिवारमा वृद्धि गरेको छ।
सबै नेपालीमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टीभी रिचार्ज, हवाई र सिनेमा टिकट बुकिङ, बीमा शुल्क, ई–कमर्स, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिल र थुप्रै डिजिटलाइज्ड सेवा उपलब्ध गराएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19