 
                     
                                
                             
                                    काठमाण्डौ । खल्तीले आफ्ना प्रयोगकर्ताका लागि ‘खल्तीमा बैंक लिंक’ अफर ल्याएको छ।
यस अफरअन्तर्गत खल्तीले आफ्नो लिंक गरिएको बैंक खातामार्फत भुक्तानी गर्ने योग्य प्रयोगकर्तामध्ये दैनिक एकजना भाग्यशाली विजेतालाई ३२" टीभी जित्ने मौका प्रदान गर्दैछ। यसका साथै प्रयोगकर्ताले आफ्नो पहिलोपटक लिंक गरिएको खाताबाट पहिलो भुक्तानी गर्दा रु. १०० को बोनस तत्काल पाउनेछन्।
यो बोनस खल्तीमा पहिलोपटक आफ्नो बैंक खाता लिंक गर्ने र आफ्नो लिंक गरिएको बैंक खाताबाट पहिलो भुक्तानी पूरा गरेका प्रयोगकर्ताका लागि लागु हुनेछ।
यसैबीच यस अफर अवधिमा आफ्नो लिंक गरिएको बैंक खाताबाट भुक्तानी गर्ने प्रयोगकर्तामध्ये हरेक दिन एकजना भाग्यशाली प्रयोगकर्तालाई ३२’’ टीभी प्रदान गरिनेछ। खल्ती प्रयोगकर्तासँग बैंक खाता लिंक गर्नका लागि उनीहरूको केवाईसी प्रमाणित हुनुपर्छ।
यस अफरका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘यस अफरमार्फत हामी प्रयोगकर्तालाई डिजिटल भुक्तानी गर्ने बानी बस्न प्रोत्साहित गर्न चाहन्छौँ। खल्ती प्रयोगकर्ताले अब आफ्नो लिंक गरिएको बैंक खाताबाट प्रत्यक्ष भुक्तानी गर्न सक्ने भएकाले वालेट ब्यालेन्स रिलोड गर्ने समस्याको सामना गर्नुपर्दैन।’
यस अफरलाई थप आकर्शित बनाउदै खल्तीले हरेक हप्ताको सोमबार र बिहीबार फायर सेल पनि ल्याएको छ। प्रयोगकर्ताले बिजुलीको बिल, ल्यान्डलाइन, चलचित्र, इन्टरनेट (आईएसपी), डाटा प्याक, जीवन बीमा, जस्ता सर्भिसमा हरेक दिउँसो १ बजे फायर सेलको लागि ५०% सम्म क्यासब्याकको प्राप्त गर्न सक्नेछन्।
खल्तीमा बैंक खाता लिंक भएपछि प्रयोगकर्ताले युटिलिटी बिल, क्यूआर स्क्यान गरी भुक्तानी, उडान टिकट, बीमा भुक्तानी, मुभी टिकट, अन्य बैंक खातामा रकम ट्रान्सफर गर्नेजस्ता अन्य धेरै भुक्तानी सीधै र छिटै लिंक गरिएको बैंक खाताबाट गर्न सक्द्छन्। यो अफर मंसिर २२ देखि माघ ७ सम्म लागू हुनेछ।
यसका साथै यदि बैंक खाता लिंक गरिएको छ भने खल्ती प्रयोगकर्ताले वालेट ब्यालेन्स लोड गर्न आवश्यक पर्दैन।
यसलगत्तै खल्तीले आफ्नो चलिरहेको ‘खल्तीमा आइमा ई–स्कुटर’ अफर पनि सञ्चालन गरिरहेको छ। जहाँ प्रयोगकर्ताले रु. १०० को टपअपमा ‘एआईएमए टाइगर एस५ ईभी स्कुटर’ जित्न योग्य हुनेछन्। यसका साथै हरेक हप्ता एकजना भाग्यशाली विजेताले एआईएमए गुडिज जित्ने मौका पाउनेछन्। तसर्थ, जोकोहीले आफ्नो बैंक खाता लिंक गरी भुक्तानी गर्छ भने दुवै प्रस्तावमा भाग लिन योग्य छन्।
आईएसओ २७००१ः२०१३ बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा पुगेको छ। खल्तीमा हाल २५ लाखभन्दा बढी प्रयोगकर्ता र ६० हजारभन्दा बढी एजेन्ट नेटवर्कसँगै देशभरको परिवारमा वृद्धि गरेको छ।
सबै नेपालीमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टीभी रिचार्ज, हवाई र सिनेमा टिकट बुकिङ, बीमा शुल्क, ई–कमर्स, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिल र थुप्रै डिजिटलाइज्ड सेवा उपलब्ध गराएको छ।
खल्ती www.khalti.com/app बाट डाउनलोड गर्न सकिन्छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19