 
                     
                                
                             
                                    काठमाण्डौ ‘खल्ती’ले अब प्रयोगकर्ताका लागि सानिमा लाइफ इन्स्योरेन्सको प्रिमियम ‘खल्ती’बाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याएको छ।
यस सुविधासँगै अब खल्ती प्रयोगकर्ताले सानिमा लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा रु. १ हजारसम्मको क्यासब्याक प्राप्त गर्ने अफर पनि खल्तीले ल्याएको छ। तसर्थ, लामो लाइन बसी डिजिटल भुक्तानी गर्न, तुरुन्त भुक्तानी गर्न र समयमै भुक्तानी नगर्दा लाग्ने जरिवानाबाट बच्न तथा ग्राहकहरूलाई प्रोत्साहन गर्न खल्तीले यो सेवा ल्याएको हो।
यस सेवाका बारे थप बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, ‘प्रविधि र प्रगतिको परिवर्तनसँगै, डिजिटलाइजेसनको आवश्यकता द्रुत रुपमा बढिरहेको छ। धेरै बीमा ग्राहकले डिजिटल प्लेटफर्ममार्फत आफ्नो प्रिमियम तिर्न रुचाउँछन् र भुक्तानी सहजै तिर्न मिलोस् भन्ने उद्देश्यले यो अफर ल्याइएको हो।’
इच्छुक प्रयोगकर्ताले तल बताइएअनुसार सानिमा लाइफ इन्स्योरेन्सको प्रिमियम ‘खल्ती’ बाट भुक्तानी गर्न सक्नेछन्
१. खल्ती एप को होमस्क्रिनमा गई ‘इन्स्योरेन्स’ मा ट्याप गर्नुहोस्   
२. ‘सानिमा लाइफ इन्स्योरेन्स’ छनौट गर्नुहोस् 
३. मागिएको विवरण भरि भुक्तानी गर्नुहोस्
प्रयोगकर्ताले भुक्तानी गरेपछि रु. १ हजारको तत्काल बोनस पाउनेछन्। तर, खल्ती प्रयोगकर्ताले तोकिएको मितिभन्दा अघि वा तोकिएको मितिपछिको ७ दिनभित्र प्रिमियम तिर्नुपर्नेछ।
आईएसओ २७००१ः२०१३ बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा पुगेको छ। खल्तीमा हाल २५ लाखभन्दा बढी प्रयोगकर्ता र ६० हजारभन्दा बढी एजेन्ट नेटवर्कसँगै देशभरको परिवारमा वृद्धि गरेको छ।
सबै नेपालीमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टीभी रिचार्ज, हवाई र सिनेमा टिकट बुकिङ, बीमा शुल्क, ई–कमर्स, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिल र थुप्रै डिजिटलाइज्ड सेवा उपलब्ध गराएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19