काठमाण्डौ । खल्तीले प्रयोगकर्ताहरुका लागि आफ्नो फ्ल्यागशिप अफर फेरि लिएर आएको छ। जसमा खल्तीमार्फत उडान टिकट बुक गरी बम्पर पुरस्कारका रुपमा वनप्लस ११ स्मार्टफोन जित्ने मौका पाउनेछन्। यसका साथै प्रत्येक दिन एक भाग्यशाली विजेताले फ्लाइट टिकट खरिदमा मात्र रु. १ मा उडान टिकट प्राप्त गर्नेछन्।

फागुन १ गतेदेखि चैत १५ गतेसम्म ४५ दिनसम्म चल्ने यो अफरले प्रयोगकर्तालाई आफ्नो उडान टिकटमा बचत गर्ने अवसर प्रदान गर्नुका साथै रु. १ लाख ३४ हजार ९९९ मूल्यको नयाँ वनप्लस ११  जित्ने अवसर पनि प्राप्त गर्नेछ। वनप्लस ११ हालैमात्र नेपालमा उपलब्ध भएको छ। खल्तीका सबै प्रयोगकर्ताले खल्ती एपमार्फत आफ्नो उडान टिकट बुक गरी प्रयोगकर्ताहरु दैनिक रु १ मा हुने उडानको लक्की ड्र र वानप्लस  ११ को बम्पर पुरस्कारका लागि योग्य हुनेछन्। दैनिक उडान टिकटको विजेता घोषणा खल्तीको फेसबुक पेज र ब्लगमा गरिनेछ भने बम्पर पुरस्कारको विजेता घोषणा खल्ती फेसबुक पेजमा फेसबुक लाइभमार्फत गरिनेछ।

यस अफरका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘यो फ्ल्यागसिप अफर विगतमा पनि हाम्रो सबैभन्दा ठूलो सफलता रहेको हुँदा हाम्रा सबै प्रयोगकर्ताहरुका लागि यो अफर फेरि लिएर आएका छौँ। अफरसँगै प्रयोगकर्ताले खल्तीबाट फ्लाइट टिकट बुकिङ गर्दाको सहजता अनुभव गर्ने अपेक्षा राख्दछौँ।’ 

नयाँ खल्ती प्रयोगकर्ताहरुले प्रोमोकोड ‘फ्लाईविथखल्ती‘ प्रयोग गरी पहिलोपटक फ्लाइट बुकिङ गर्दा ३०० रुपैयाँको क्यासब्याक प्राप्त गर्न सक्नेछन्। अफरमा सहभागी हुन भने केवाईसी भेरिफाई गर्न अनिवार्य छ। केवाईसी भेरिफाइ नभएका प्रयोगकर्ताले पनि सजिलै केही मिनेटमै केवाईसी भेरिफाइ गराएर अफरमा सहभागी हुन् सक्नेछन्। 

आईएसओ २७००१ः२०१३ बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा पुगेको छ।

हाल खल्तीमा देशभरिका ३१ लाखभन्दा बढी प्रयोगकर्ता, ७० हजारभन्दा बढी एजेन्ट, ६० हजारभन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था, १ हजारभन्दा बढी सहकारी र २५० भन्दा बढी कर्मचारीको परिवारमा वृद्धि गरेको छ। सबै नेपालीमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टीभी रिचार्ज, हवाई, सिनेमा र एइभेन्ट टिकट बुकिङ, बीमा शुल्क, ई–कमर्सहरु, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिल र थुप्रै डिजिटलाइज्ड सेवा उपलब्ध गराएको छ।