काठमाण्डौ । ‘खल्ती’ ले नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम खल्ती बाट भुक्तानी गर्ने प्रयोगकर्ताका लागि अफर ल्याएको छ। 

यस अफरअन्तर्गत प्रयोगकर्ताले हरेक लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा रु. १ हजारसम्म क्यासब्याक प्राप्त गर्नुका साथै वानप्लस ११ जित्ने मौका पनि पाउनेछन्। 

यो अफर खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अन्तर्गत पर्दछ जहाँ खल्तीबाट आफ्नो नेपाल लाइफ इन्स्योरेन्स को बीमा प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्तामध्ये एक भाग्यशाली विजेताले बम्पर उपहारस्वरुप वानप्लस ११ स्मार्टफोन, हरेक हाप्ता स्मार्ट टिभी, स्मार्टब्याण्ड, ‘खल्ती प्रो’ को मेम्बरशिप जित्न सक्नेछन्। 

यसका अतिरिक्त खल्ती प्रयोगकर्ताले कुनै पनि दुई सेवाको भुक्तानी गरी ‘द बिगेस्ट पेमेन्ट जात्रा’मा सहभागिता जनाउदै पल्सर एन१६० जित्न पनि योग्य हुनेछन्। साथै, प्रयोगकर्ताले आफ्नो बीमा प्रिमियम वा रु. १०० भन्दा माथिको कुनै भुक्तानीमा करोडौँको उपहार र कुपनहरु भएको स्क्र्याच कार्ड प्राप्त गर्नेछन्।

यस अफरका बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्का भन्छन्, ‘खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अन्तर्गत उपलब्ध गरेको विभिन्न अफरले प्रयोगकर्ताहरुलाई डिजिटल भुक्तानीप्रति आकर्षित गर्ने कुरामा हामी विश्वस्त छौँ। यसका साथै अनलाइन भुक्तानी गर्न रुचाउने भएकाले यस अभियानमा विषेश अफरहरु प्रदान गर्दैछौँ।’

नेपाल लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्तालाई रु. १ हजार क्यासब्याक जित्ने अफर जेठ ३२ गतेसम्म मान्य छ भने बाँकी बम्पर उपहारहरु प्रयोगकर्ताले असार ३१ गतेसम्म जित्न सक्नेछन्। 

आईएसओ २७००१ः२०१३ बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा पुगेको छ। हाल खल्तीमा देशभरिका ३४ लाखभन्दा बढी प्रयोगकर्ता, ८५ हजारभन्दा बढी एजेन्ट, ६५ हजारभन्दा बढी व्यापारी, ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था, १ हजार १०० भन्दा बढी सहकारी र ३०० भन्दा बढी कर्मचारीको परिवारमा वृद्धि गरेको छ। सबै नेपालीमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टीभी रिचार्ज, हवाई, सिनेमा, र एइभेन्ट टिकट बुकिङ, बीमा शुल्क, ई–कमर्स, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिल र थुप्रै डिजिटलाइज्ड सेवा उपलब्ध गराएको छ।