 
                     
                                
                             
                                    काठमाण्डौ । चाडपर्वको अवसरमा खल्तीले आफ्ना प्रयोगकर्ताका लागि खल्तीबाट बस टिकट खरिदमा स्मार्टफोन जित्न सक्ने अफर ल्याएको छ।
खल्तीमार्फत बस टिकट खरिद गर्ने प्रयोगकर्तामध्ये दुई भाग्यशाली विजेताले स्मार्टफोन जित्न सक्नेछन्। यो अफर असोज २७ देखि आउँदो कात्तिक २६ सम्म लागू हुनेछ।
यसअघि पनि गत भदौ १९ देखि असोज १८ सम्म दसैँको समयमा खल्तीमार्फत बस टिकट खरिद गर्ने दुई भाग्यशाली विजेताले स्मार्टफोन प्राप्त गरेका थिए। यो अफर चाडपर्वको समयमा बस टिकट खरिद गर्ने प्रक्रियालाई सहज बनाउन साथै डिजिटल भुक्तानीप्रति प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरिएको थियो भने यो अफर पुनः असोज २७ देखि कात्तिक २६ सम्म थप गरिएको छ।
अफरमा सहभागी हुन भने खल्ती अकाउन्टको केवाईसी भेरिफाइड हुन जरुरी छ। खल्ती अकाउन्ट केवाईसी भेरिफाइड नभएको खण्डमा पनि प्रयोगकर्ताले सम्पूर्ण विवरण भरी सजिलै भेरिफाई गर्न सक्नेछन्।
यस अफरका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘नेपालीहरुको महान चाड दसैँ, तिहार र छठप्रतिको उत्साह र उमंगलाई मध्यनजर गर्दै हामीले डिजिटल भुक्तानीमार्फत हाम्रा प्रयोगकर्ताको चाडपर्वमा बस टिकट काट्ने प्रक्रिया सरल र सहज बनाउन यो अफर ल्याएका हौँ।’
आईएसओ २७००१ः२०१३ बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित , खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा पुगेको छ। खल्तीमा हाल २५ लाखभन्दा बढी प्रयोगकर्ता र ६० हजारभन्दा बढी एजेन्ट नेटवर्कसँगै देशभरको परिवारमा वृद्धि गरेको छ। सबै नेपालीमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टीभी रिचार्ज, हवाई र सिनेमा टिकट बुकिङ, बीमा शुल्क, ई–कमर्सहरु, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरु र थुप्रै डिजिटलाइज्ड सेवाहरु उपलब्ध गराएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19