काठमाण्डौ। खल्तीले आफ्ना ग्राहकका लागि ‘खल्ती सुरक्षा’ नामक को स्वास्थ्य सेवा प्याकेज उपलब्ध गराएको छ। 

रु. ३५० को वार्षिक सब्स्क्रिप्सनमा उपलब्ध यस प्याकेजमा प्रयोगकर्ताले रु. २.३ लाख सम्मको स्वास्थ्य र दुर्घटना घटना बीमाका साथै रु. १.५ लाखको विभिन्न हेल्थ केयर प्याकेज प्राप्त गर्न सक्नेछन्।

खल्तीले हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्य गरि इन्स्योरेन्स बीमामा अस्पताल भर्ना तथा दुर्घटना बीमामा रु. २ लाख ३० हजार दाबी गर्ने सुविधा समावेश गरेको छ। यसका साथै खल्ती सुरक्षाको सदस्यता लिएका प्रयोगकर्ताले जोकोहीले पनि मृत्यु र अशक्तता, दुर्घटना र अन्त्येष्टि खर्चजस्ता उल्लिखित परिस्थितिहरूमा आफ्नो चिकित्सा बीमा दाबी गर्न सक्छन्। यस लगायत खल्तीले यो सदस्यताअन्तर्गत आँखा, कपाल, छालासम्बन्धित स्वास्थ्य सेवा पनि समावेश गरेको छ। 

यसका साथै खल्तीले यो सदस्यता अन्तर्गत आँखा, कपाल, छाला र अन्य यस्ता सेवाहरुमा स्वास्थ्य सेवा सुविधा पनि समावेश गरेको छ। यी फाइदा दाबी गर्न प्रयोगकर्ताले आफ्नो खल्तीमा छुट र क्यासब्याकका प्रोमोकोडहरु पाउनेछन्, जुन बिल भुक्तानी गर्दा प्रयोग गर्न सकिन्छ।

यस सेवाको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, ‘हाम्रो ६ वर्षको अवधिमा विभिन्न आम्दानीका स्रोत भएका ३१ लाख भन्दा बढी प्रयोगकर्ताले हाम्रो सेवाबाट लाभान्वित भएका छन्। प्रयोगकर्ताको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिँदै हामीले मात्र रु ३५० मा स्वास्थ्य तथा हेरचाह सुविधा उपलब्ध गराएका छौँ र प्रयोगकर्ता आफ्नो मेडिकल कभरेज सम्बन्धमा निर्धक्क रहने भन्ने कुरामा हामी विश्वस्त छौँ।’

यसका साथै यो सहकार्यबारे हिमालयन एभरेस्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले भने, ‘हामी खल्तीसँग सहकार्य गर्दै उहाँहरूको नयाँ सुबिधा ‘खल्ती सुरक्षा’ मार्फत दुर्घटना र अस्पताल भर्ना बीमा उपलब्ध गराउन पाउँदा धेरै खुसी छौँ। ‘खल्ती सुरक्षा’ प्याके मार्फत हामी आउँदा दिनहरूमा पनि थप प्रयोगकर्तालाई लाभान्वित गर्ने कुरामा तत्पर छौँ।’

ISO 27001:2013 बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित, खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा पुगेको छ। हाल खल्तीमा देशभरिका ३१ लाखभन्दा बढी प्रयोगकर्ता, ७० हजारभन्दा बढी एजेन्ट, ६० हजारभन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था, एक हजारभन्दा बढी सहकारी र २५० भन्दा बढी कर्मचारीको परिवारमा वृद्धि गरेको छ। सबै नेपालीमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टीभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बीमा शुल्क, ई–कमर्स, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिल र थुप्रै डिजिटलाइज्ड सेवाहरु उपलब्ध गराएको छ।