काठमाण्डौ । ‘खल्ती’ले भर्खरै आफ्ना प्रयोगकर्ताका लागि बैंक लिंक भुक्तानीमा अरिजित सिंहको टिकट जित्ने मौका उपलब्ध गराएको छ।

यस अफरअनुसार खल्तीसँग आफ्नो कुनै पनि बैंक खाता लिंक गरी रु. १०० भन्दा माथिको भुक्तानीमा हरेक दिन एक जोडीले अरिजित सिंहको टिकट प्राप्त गर्नेछन्। यसका साथै पहिलो बैंक लिंक भुक्तानीमा तुरुन्तै रु. १०० बोनस पनि प्राप्त हुनेछ।

यसका अतिरिक्त प्रयोगकर्ताले ‘सेन्ड मनी याट नो चार्ज’ अफरअन्तर्गत आफ्नो बैंक लिंक गरेको खाता बाट कुनै पनि अर्को बैंक खातामा बिना ट्रान्सफर चार्ज सजिलै निशुल्क पैसा पठाउन सक्नेछन्।

यस अफरबारे खल्तीका सीईओ विनय खड्का भन्छन्, ‘डिजिटल भुक्तानीलाई सरल, सहज र भरपर्दो बनाउन हामी सधैँ लागि परेका छौँ। यसैअनुरूप हामीले बैंक लिंक सेवा पनि निकै अगाडि देखी आफ्ना प्रयोगकर्तालाई उपलब्ध गराउँदै आइरहेका छौँ। प्रयोगकर्तालाई बैंक लिंक सेवाका फाइदा बारे बुझाउँदै सेवाप्रति आकर्षित गर्न हामीले हाल यो अफर उपलब्ध गराएका छौँ।’

आईएसओ २७००१ः२०१३ बाट मान्यता प्राप्त साथै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा छ। खल्तीमा देशभरिका ३१ लाखभन्दा बढी प्रयोगकर्ता, १ लाखभन्दा बढी एजेन्ट, ६० हजारभन्दा मर्चेन्ट, ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था, १ हजार ५०० भन्दा बढी सहकारी र ३०० भन्दा बढी कर्मचारीको परिवारमा रुपान्तरण भएको छ। सम्पूर्ण नेपालीमा वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टीभी रिचार्ज, हवाई, सिनेमा र इभेन्ट टिकट बुकिङ, बीमा शुल्क, ई–कमर्सहरु, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरु र अन्य थुप्रै डिजिटलाइज्ड सेवा उपलब्ध गराउँदै आएको छ।