काठमाण्डौ। नेपालको मुख्य अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती डिजिटल वालेट’ ले फेरि ‘उडान अबमात्र रु. १’ अफर लिएर आएको छ। जसअन्तर्गत फ्लाइट टिकट खरिदमा एक भाग्यशाली विजेतालाई आइफोन १३ को बम्पर उपहार प्राप्त हुनेछ। यतिमात्र हैन हरेक दिन एकजनालाई रु. १ मा फ्लाइट टिकट र ५ जनालाई साप्ताहिक एक लाख खल्ती पोइन्ट्स प्राप्त हुनेछ। 

‘खल्ती’ फ्लाइट टिकट बुकिङका लागि सहज प्लेटफर्म भएको छ। जसमा रु. १ हजार २०० सम्मको उच्चतम क्यासब्याक प्राप्त गर्न सकिन्छ। यतिमात्र होइन विभिन्न एयरलाइन्सको फ्लाइट टिकटको मूल्य तुलना गरी तत्काल टिकट बुकिङ गर्न पनि सजिलो भएको छ।

यो अफर माघ २३ गतेदेखि फागुन ३० सम्म मान्य हुनेछ। उक्त अफरमा सहभागी हुन प्रयोगकर्ताले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ। खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाई गरिसकेपछि उक्त अफरमा सहभागी हुन सक्नेछन्।

यस अफरको बारेमा बोल्दै ‘खल्ती’ का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हालैको महामारीलाई ध्यानमा राख्दै डिजिटल उडान बुकिङमा थप प्रयोगकर्तालाई प्रोत्साहन गर्न यो अभियान ल्याइएको हो। यस महामारीको समयमा यात्रुहरुको सुरक्षित यात्रा होस् भन्ने हाम्रो चाहना हो।’

‘खल्ती’ नेपाली फिनटेक उद्योगमा एक फरक एवं नवीन पहिचान बोकेको ब्रान्ड हो। २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताको विश्वास बोकेको ‘खल्ती डिजिटल वालेट’ ले बिल भुक्तानी जस्तै– मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजार बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आइरहेको छ। यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरी प्रयोगकर्तालाई समयका साथै पैसाको बचतमा ‘खल्ति’ले योगदान दिँदै आएको छ।