 
                     
                                
                             
                                    काठमाण्डौ । ‘खल्ती’ले करदाताहरुका लागि काठमाण्डौ महानगरपालिकासँग साझेदारी गरी आफ्नो राजस्व संकलनमा डिजिटलाइजेसनको लागि सजिलै कर भुक्तानी गर्न मिल्ने सुविधा लिएर आएको छ।
यो सुविधा उपलब्ध भए लगत्तै करदाताहरुले काठमाण्डौ महानगरपालिकाको तिर्नुपर्ने करहरु जस्तैः घर बाहाल कर, सम्पति कर व्यवसायको कर अब खल्तीमार्फत सहजै भुक्तानी गर्न सक्नेछन्।
यसअघि यो सेवा करदाता पोर्टलमा लगइन गरीमात्र भुक्तानी उपलब्ध थियो भने अब खल्तीले यसलाई एपमा नै सक्षम पारेर भुक्तानीलाई अझ सहज र झन्झटमुक्त बनाएको छ।
यस सेवाका बारे थप बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, ‘हाम्रो लक्ष्य भनेको जनताको दैनिक भुक्तानीलाई सहज बनाउनु हो। यस प्रक्रियामा हामीले विभिन्न स्थानीय सरकार र अधिकारीहरुसँग साझेदारी सुरु गरेका छौँ। काठमाण्डौ महानगरपालिकासँगको यो साझेदारीले पारदर्शी र प्रभावकारी राजस्व संकलनका लागि निश्चित रूपमा लाखौँ घरपरिवारलाई कर भुक्तानीको आनन्द लिन सक्षम बनाउनेछ।’
करदाताले तल बताइएको तरिकाअनुसार ‘खल्ती’ छनौट गरी भुक्तानी गर्न सक्नेछन्ः
१. खल्ती एपको होमस्क्रिनमा गई ‘लोकल गभर्मेन्ट’ मा जानुहोस्
२. ‘काठमाण्डौ महानगरपालिका’ छनौट गरी कर भुक्तानीकर्ता आईडी राख्नुहोस्
३. कर भुक्तानी प्रकार छनौट गर्नुहोस्ः
● घर बहल कर
● सम्पत्ति कर
● व्यवसाय कर
४. विवरणहरु प्रमाणित गर्नुहोस् र भुक्तानी गर्नुहोस्
५ . भुक्तानी विकल्प ‘खल्ती वालेट’ वा ‘लिंक गरिएको बैंक खाता’ चयन गर्नुहोस्
६. भुक्तानी गरेको बिल खल्तीको कारोबर सेक्सन् (ट्रान्ज्याक्सन हिस्ट्री) मा प्राप्त हुनेछ।
खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो। २० लाख भन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै– मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजार बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ। यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरी प्रयोगकर्तालाई समयका साथै पैसाको बचतमा पनि ‘खल्ती’ले योगदान दिँदै आएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19