काठमाण्डौ । खल्ती र गुडविल फाइनान्सबीच सहकार्य गर्ने सम्झौता भएको छ। 

यो सम्झौता भएलगत्तै खल्ती प्रयोगकर्ताले गुडविल फाइनान्सको मोबाइल बैंकिङबाट खल्तीमा पैसा लोड, खल्तीमा बैंक खाता लिंक तथा खल्तीबाट गुडविल फाइनान्सको खातामा पैसा पठाउने (ट्रान्सफर) सुविधाहरु उपलब्ध भएको छ। 

गुडविल फाइनान्सका प्रयोगकर्ताले यस सुबिधाको उपभोग गर्दै सजिलै खल्तीमा पैसा राख्न र खल्तीबाट कारोबार गर्न सक्नेछन्। यतिमात्र नभएर गुडविल फाइनान्स खाता खल्तीसँग लिंक गरी खल्ती लोड गर्ने बिनाझन्झट सीधै आफ्नो खाताबाट भुक्तानी गर्न सक्नेछन्। 

खल्तीमा बैंक लिंक गरेपश्चात खल्तीबाट हुने हरेक कारोबारमा सीधै बैंक खाताबाट पैसा काटिनेछ। 

यसका साथै यस सम्झौतापश्चात खल्ती प्रयोगकर्ताले अब गुडविल फाइनान्सको खातामा पैसा पठाउन पनि सहज भएको छ।

यस सुविधाबारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भने, ‘वित्तीय समावेशीकरणको हाम्रो भिजन बलियो बनाउन हामी निरन्तर काम गरिरहेका छौँ। हामीले विभिन्न वित्तीय संस्थाहरुसँग गरिरहेको साझेदारीले पक्कै पनि डिजिटल नेपालको अवधारणलाई साकार गर्नेमा हामी विश्वस्त छौँ। यस सेवाले खल्ती प्रयोगकर्ता तथा गुडविल फाइनान्सका ग्राहकले बिना कुनै झन्झट देशभरिका ६० हजारभन्दा बढी मर्चेन्टमा भुक्तानी तथा अन्य वित्तीय संस्था लाभान्वित हुनेछन्।’

यसका साथै ‘खल्ती’को अर्को ठूलो फ्लाइट बुकिङ अफरअन्तर्गत हरेक दिन एक भाग्यशाली बिजेताले रु. १ मा फ्लाइट टिकट र बम्पर उपहारस्वरूप वान प्लस ११ जित्ने मौका पनि प्रदान गरेको छ। प्रयोगकर्ताले गुडविल फाइनान्सबाट पनि खल्ती लोड अथवा लिंक गर्दै फ्लाइट टिकट बुकिङको भुक्तानी गरी यस अफरमा सहभागिता जनाउन सक्नेछन्। 

आईएसओ २७००१ः२०१३ बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा पुगेको छ। हाल खल्तीमा देशभरिका ३१ लाखभन्दा बढी प्रयोगकर्ता, ७० हजारभन्दा बढी एजेन्ट, ६० हजारभन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था, एक हजारभन्दा बढी सहकारी र २५० भन्दा बढी कर्मचारीको परिवारमा वृद्धि गरेको छ। सबै नेपालीमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टीभी रिचार्ज, हवाई, सिनेमा र एइभेन्ट टिकट बुकिङ, बीमा शुल्क, ई–कमर्स, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिल र थुप्रै डिजिटलाइज्ड सेवा उपलब्ध गराएको छ।