काठमाण्डौ । खल्ती डिजिटल वालेटले थापाथली क्याम्पसको शुल्क भुक्तानी डिजिटली लिन पहिलो डिजिटल वालेटको रुपमा साझेदारी गरेको छ। यस सुविधाअन्तर्गत थापाथली क्याम्पसका विद्यार्थीले शिक्षाको जुनसुकै तहमा दर्ता गर्न, भर्ना गर्न, ट्युसन शुल्क, परीक्षा शुल्क र अन्य शुल्क भुक्तानी गर्न सक्नेछन्।

खल्तीसँग साझेदारीको सुरुआत गरी थापाथली क्याम्पसले डिजिटलाइजेसनमा एक कदम अगाडि बढाएको छ। साथै, यसले विद्यार्थी, संकाय र कर्मचारीहरुको अनुभव सहज बनाउँदै लानेछ। 

थापाथली क्याम्पसमा शुल्क भुक्तानी गर्न प्रयोगकर्ताले निम्न उल्लेखित तरिका भुक्तानी गर्न सक्नेछन्– 

१. खल्ती एपको होम पेजमा जानुहोस्
२. ‘स्कुल/कलेज फी’ सेक्सनमा जानुहोस्
३. ‘कलेज’ सेक्सन छनौट गर्नुहोस्
४. ‘थापाथली क्याम्पस’मा ट्याप गर्नुहोस्
५. भुक्तानी प्रकार र लेबल छनौट गरी फारम भर्नुहोस्
६. भुक्तानी प्रक्रिया छनौट गरी भुक्तानी अगाडि बढ्नुहोस् 

यस साझेदारीका बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, ‘हामी थापाथली क्याम्पससँग साझेदारी गरी झन्झटमुक्त र सुरक्षित शुल्क भुक्तानीको सुविधा प्रधान गर्न पाउँदा उत्साहित छौँ। यो साझेदारीले अन्य शैक्षिक संस्थालाई पनि डिजिटलाइजेसन प्रति प्रोत्साहित गर्न र प्रयोगकर्ताको अनुभव अझ राम्रो गर्ने कुरामा हामी बिश्वस्त छौँ।’ 

आईएसओ २७००१ः२०१३ बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा पुगेको छ। हाल खल्तीमा देशभरिका ३१ लाखभन्दा बढी प्रयोगकर्ता, ७० हजारभन्दा बढी एजेन्ट, ६० हजारभन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था, एक हजारभन्दा बढी सहकारी र २५० भन्दा बढी कर्मचारीको परिवारमा वृद्धि गरेको छ। 

सबै नेपालीमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टीभी रिचार्ज, हवाई, सिनेमा र इभेन्ट टिकट बुकिङ, बीमा शुल्क, ई–कमर्सहरु, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरु र थुप्रै डिजिटलाइज्ड सेवाहरु उपलब्ध गराएको छ।