 
                     
                                
                             
                                    काठमाण्डौ । खुकुरी रमले चर्चित सांगीतिक समूहसँगको सहकार्यमा स्थापित कलाकारसँगै उदाउँदा कलाकारहरुलाई पनि प्रदर्शनको मौका दिनेगरी देशका विभिन्न स्थानहरुमा विशेष सांगीतिक अभियान चलाउने भएको छ। यो सम्भवतः हालसम्मकै सबैभन्दा पृथक र बृहत सांगीतिक अभियान हुनेछ।
पछिल्लो समयमा युवापुस्तामाझ चर्चित आर्बिटरी ग्रुपसँगको सहकार्यमा खुकुरी रमले देशका विभिन्न स्थानहरुमा नयाँ कलाकारहरुको प्रोत्साहनका लागि प्ल्याटफर्म उपलब्ध गराउने उद्देश्यले विशेष सांगीतिक अभियान सञ्चालन गर्न लागेको हो।
खुकुरी रमले देशका विभिन्न जिल्लाका रेस्टुरेन्ट, क्लब, खुल्ला क्षेत्र, आउटडोर्स, इन्डोर्सलगायतका ठाउँहरुको छनौट गरी सांगीतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको खुकुरी रमको उत्पादक ‘द नेपाल डिस्टिलरिज’ का महाप्रबन्धक सुभास लामिछानेले जानकारी दिए।
संगीतका नयाँ कलाकारहरुलाई देशभरका दर्शक–श्रोतामाझ परिचय गराउने र उनीहरुलाई उत्साहित गरी नेपाली गीत–संगीतको समेत प्रवर्द्धन गर्ने उद्देश्यले बृहत कार्यक्रम गर्न लागिएको लामिछानेको भनाइ छ।
देशका विभिन्न ठाउँमा गएर आर्बिटरीसँग आबद्ध कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन्। आर्बिटरीले संगीतसँग सम्बन्धी देशैभर आयोजना हुने हालसम्मकै ठूलो अभियानको शुक्रबार(आज)बाट सुरु भएको छ।
आफू नजिक पनि यस्ता कार्यक्रम आयोजना हुने भन्दै स्थापितसँगै नयाँ कलाकारहरुको प्रस्तुतिमा झुम्नका लागि तयार रहन संगीतप्रेमीलाई खुकुरी रमले आह्वान गरेको छ।
विशेषगरी युवाहरुमाझ परिचित र चर्चित आर्बिटरी ग्रुपसँग गीत–संगीतको प्रवर्द्धन र कलाकारहरुको उत्थानका लागि सहकार्य गर्न पाउँदा आफूलाई खुसी लागेको लामिछानेले जानकारी दिए।
यस्तै आर्बिटरीका संस्थापक विपीन नकर्मीले संगीत र कलाकारहरुलाई सहयोग गर्ने हेतूले आर्बिटरी ग्रुपले पुनः खुकुरी रमसँग सहकार्य गर्न पाउँदा आफूहरु खुसी भएको बताए। ‘खुकुरी रमसँग सहकार्य गरी आर्बिटरीले पप, रक, स्लो रकलगायत गीत–संगीतका विविध विधासँग सम्बन्धित कलाकारहरुसँग अनुबन्ध गरी ३ महिने अभियान सञ्चालन गर्न लागेको छ। यो अभियानमा केही स्थापित कलाकारसँग उदाउँदा कलाकारहरुले समेत स्टेज सेयरिङको मौका पाउनेछन्’, नकर्मीले भने, ‘६२ वर्षदेखि ग्राहकको रोजाइमा पर्न सफल खुकुरी रमसँग सहकार्य गरी उदाउँदा कलाकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यसहित बृहत् अभियान सञ्चालन गर्न लागेकोमा हामी उत्साहित छौँ। यो अभियान गीत–संगीतको प्रवर्द्धन र देशका विभिन्न क्षेत्रमा बसोबास गर्नेहरुको मनोरञ्जनका लागि महत्वपूर्ण सावित हुने विश्वाससमेत लिएको छु।’
खुकुरी रमले यसअघिका वर्षहरुमा पनि फरक अवधारणासहित ‘खुकुरी म्युजिक नेसन’ आयोजना गरेको थियो। सो मिसनलाई देशभरका संगीतप्रेमीले निकै रुचाएका थिए।
हाल नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ केही समयअघिदेखि स्थानीय र अन्तर्राष्ट्रिय बजारमा एकैसाथ परिवर्तन गरिएको छ।
खुकुरी रम नेपालको अत्यन्त रुचाइएको ब्रान्ड हो। यसको गुणस्तर सर्वश्रेष्ठ रहँदै आएको छ। नेपाल डिस्टिलरिज संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी पनि हो। ६२ वर्षअघिबाट उत्पादन सुरु भएको खुकुरी रमले ग्राहकहरुको मनमा एकछत्र राज गरिरहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19