काठमाण्डौ । सौन्दर्य पारखीहरुको अपेक्षालाई पूरा गर्ने उद्देश्यका साथ काठमाण्डौको नारायणचौर नक्सालमा फेमिना फ्ल्न्ट स्टुडियोले आफ्नो सेवा सुरुवात गरेको छ ।

भारतकी चर्चित सुन्दरी एवं  सन् २०२३ मा फेमिना मिस भारत ताज जितेकी नन्दिनी गुप्ताले हालै एक समारोहका बीच उक्त स्टुडियोको समुद्घाटन गरेकी हुन् ।  

काठमाण्डौको जे एण्ड के स्टुडियो प्रालि र सौन्दर्य प्रशाधनका क्षेत्रमा लामो इतिहास बोकेको फेमिना ब्राण्डको होल्डिङ समूह टाइम्स इण्डिया ग्रूपसँगको सहकार्यमा फेमिना फ्ल्न्ट स्टुडियो सलुन स्थापना गरिएको हो । यस्तो सेवा विश्व बजारमा विस्तार गर्दै लैजाने अभियानको प्रारम्भिक शुभारम्भ नेपालबाट गरेको पनि सो अवसरमा जानकारि दिइएको थियो ।

आजभोलि उपभोक्ताहरु स्वास्थ्य र गुणस्तरमा सजग हुन थालेकोले मागलाई दृष्टिगत गरी फेमिना फ्ल्न्ट स्टुडियो सलुन स्थापना गरिएको प्रवन्ध निर्देशक कुशुमाञ्जली केसी श्रेष्ठले बताए । उनका अनुसार यो स्टुडियोले आगामी दिनमा सौन्दर्य प्रशाधनका क्षेत्रमा एकेडेमीको रुपमा रहने र यसले यस क्षेत्रमा अन्तरराष्ट्रिय गुणस्तरीय प्रमाणपत्र पनि दिने सोच राखेको छ ।

स्टुडियोको स्थापनापछि नेपालको सौन्दर्य पारखीहरुका चाहना पूरा हुनुका साथै सौन्दर्य फेशन र जीवनशैलीसँग सम्बन्धित यो उद्योगले गति हासिल गर्ने पनि उनले बताए ।

यसले सौन्दर्य, फेशन र आधुनिक जीवनशैलीमा पनि कार्य गर्ने लक्ष्य राखेको छ ।फेमिना भारतका शहरी युवती र महिलाहरुमाझ विगत ६०वर्षभन्दा बढी समयदेखि फेसन, जीवनशैली र सौन्दर्यका क्षेत्रमा अमिट छाप छोड्दै आएको पत्रिका हो ।