 
                     
                                
                             
                                    काठमाण्डौ । दि नेपाल डिस्टिलरिजको उत्कृष्ट उत्पादन ‘खुकुरी रम’ले खेल प्रवर्द्धनमा समेत ध्यान दिन थालेको छ।
पछिल्लो समय खुकुरी रमले खेलहरुको प्रवर्द्धन र खेलाडीहरुको मनोबल वृद्धिका लागि विभिन्न लिग तथा इभेन्टहरुमा सहकार्यको अभ्यास सुरु गरेको हो।
हालै खुकुरी रमले प्रदेश १ को एक मुख्य सहर धरानमा आयोजित गल्फ प्रतियोगितामा समेत सहकार्य गरेको थियो। गल्फ खेलको प्रवर्द्धन र खेलाडीहरुको मनोबल वृद्धिका लागि आफूहरुले धरान गल्फ क्लबसँग सहकार्य गरेको दि नेपाल डिस्टिलरिजकी इभेन्ट म्यानेजर सुदीक्षा अधिकारीले जानकारी दिइन्।
खुकुरी रमले खेलहरुको प्रवर्द्धनका लागि यस्ता इभेन्टहरुमा सहकार्य गरेको यो पहिलोपटक भने 
होइन। यसअघि फुटबलको नेपाल सुपर लिग र क्रिकेटको एभरेस्ट प्रिमियर लिगमा समेत आफूहरुले सहकार्य गरेको अधिकारीले बताइन्। 
आफूहरुले गर्ने सहकार्यले नेपालको खेल क्षेत्रको प्रवर्द्धनमा थोरै भए पनि सहयोग पुग्ने र राष्ट्रको सम्पत्तिका रुपमा रहेका खेलाडीहरुको मनोबलसमेत वृद्धि हुने अपेक्षा गरेको उनको भनाइ छ। 
खुकुरी रमले आगामी दिनमा समेत खेलहरुको प्रवर्द्धनमा सहकार्यको यो शृंखलालाई जारी राख्ने अधिकारीले बताइन्। 
खुकुरी रमले हिमाल सरसफाइ, दुर्गमका अति विपन्न विद्यार्थीलाई शैक्षिक सामग्रीमा सहयोगजस्ता सामाजिक सेवामा समेत आफ्नो सक्रियता देखाउँदै आएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19