काठमाण्डौ । राष्ट्रियस्तरको कार्यक्षेत्र भएको गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट ४ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ।
संस्थाले प्रदेश नं. १ अन्तर्गत ओखलढुंगा जिल्लाको घोराखोरी र यसम, कर्णाली प्रदेशअन्तर्गत सुर्खेत जिल्लाको छिन्चु र लुम्बिनी प्रदेशअन्तर्गत दाङ जिल्लाको गोबर्डिहा गरी जम्मा ४ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो। यसका साथै संस्थाले निकट भविष्यमा अन्य थप ७ वटा नयाँ शाखा स्थापना गर्ने लक्ष्य लिएको छ।
वि.सं. २०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार प्रारम्भ गरेको संस्थाको शाखा संख्या ४० पुगेको छ। २० वटा जिल्लामा कार्यक्षेत्र विस्तार गरेको संस्थाले ग्रामीण क्षेत्रका २८ हजार ३८३ सदस्यलाई वित्तीय सेवा प्रदान गरिरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19