काठमाण्डौ । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले थप ३ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ।
संस्थाले प्रदेश नं. १ अन्तर्गत मोरङ जिल्लाको बुढीगंगा, प्रदेश नं. २ अन्तर्गत सप्तरी जिल्लाको पोर्ताहा र रौतहट जिल्लाको परोहामा आजबाट नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो। यसका साथै संस्थाले निकट भविष्यमा थप ४ वटा नयाँ शाखा स्थापना गर्ने लक्ष्य लिएको छ।
विसं. २०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार प्रारम्भ गरेको संस्थाको शाखा संख्या ४३ पुगेको छ। २२ वटा जिल्लामा कार्यक्षेत्र विस्तार गरेको संस्थाले ग्रामीण क्षेत्रका २९ हजार ७४३ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19