काठमाण्डौ । लक्की ग्रुपअन्तर्गत स्थापित गणपति वनस्पती प्रालिले डा भगवान कोइरालाको नेतृत्वमा स्थापित काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त आर्थिक सहयोग काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई प्रदान गरेको छ। उक्त रकमबराबरको चेक गत सोमबार कम्पनीले उक्त इन्स्टिच्युटलाई हस्तान्तरण गरेको छ।
इन्स्टिच्युटद्वारा आयोजित समारोहमा डा कोइराला, लक्की ग्रुपका अध्यक्ष सतिशकुमार मोर, उपाध्यक्ष श्रवणकुमार मोर र राजकुमार मोर, म्यानेजिङ डाइरेक्टर अमित मोर तथा डाइरेक्टहरु अनन्ता मोर र राजीव मोरको उपस्थिति थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago