काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था आठौं वर्षमा प्रवेश गरेको छ ।

उक्त अवसरमा कम्पनीले आइतबार आफ्नो सातौं वार्षिकोत्सव सम्पन्न गरेको छ । सातौं वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले कास्की जिल्लाको पोखरा महानगरपालिका- ३२ लामेआहालमा अवस्थित श्री राधाकृण बृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुका लागि सहयोग हस्तान्तरण गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद ढकालले एक कार्यक्रमका बीच बृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष प्रेम लिगललाई सहयोग हस्तान्तरण गरेका हुन् ।

बिसं २०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार सुरु गरेको कम्पनीले हाल २३ वटा जिल्लामा ४३ वटा शाखा कार्यालयहरु मार्फत् ग्रामीण क्षेत्रका ३५ हजार २९२ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको बताएको छ ।