काठमाण्डौ । प्रभु बैंक लिमिटेडले कास्कीको पोखरास्थित गण्डकी मेडिकल कलेज परिसरमा आज बुधबारबाट एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। 

एक कार्यक्रमबीच बिहान  १० बजे गण्डकी मेडिकल कलेजका प्राध्यापक प्राडा रवीन्द्र श्रेष्ठले एक्सटेन्सन काउण्टरको उद्घाटन गरेका छन्। यो एक्सटेन्सन काउन्टरबाट बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म उपचार तथा स्वास्थ्यसम्बन्धी कार्यको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सम्पूर्ण सेवाग्राहीलाई बैंकिङ सेवा उपलब्ध हुने बैंकले जनाएको छ। गण्डकी मेडिकल कलेजमा आउने सेवाग्राहीले बुझाउनुपर्ने जुनसुकै रकम विना झन्झट सरल एवं सहज रुपमा एक्सटेन्सन काउन्टरमार्फत जम्मा गर्न पाउने बैंकको भनाइ छ। 

यस एक्सटेन्सन काउन्टर सञ्चालनपश्चात् मेडिकल कलेजको आर्थिक क्रियाकलाप बैंकिङ प्रणालीमार्पmत हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ। साथै बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीको सेवामा समेत उल्लेख्य योगदान पुर्याउने जनाएको छ। 

प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १९२ वटा एटीएम, ५३ वटा एक्सटेन्सन काउन्टर तथा १७ वटा शाखारहित बैंकिङ सेवामार्पmत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ।