काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आज एक कार्यक्रम आयोजना गरी आउँदै गरेको नयाँ वर्ष २०८० सालको आफ्नो आधिकारिक क्यालेन्डर विमोचन गरेको छ।
आफ्नै केन्द्रिय कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र नायबप्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले संयुक्त रुपमा उक्त क्यालेन्डरको विमोचन गरेका हुन्। बैंकले देशभित्रका विभिन्न पर्यटकिय क्षेत्रहरु समावेश भएको आकर्षक भित्ते क्यालेन्डर र विभिन्न प्रजातीका चरा तथा वन्यजन्तु समावेश भएको टेबल क्यालेन्डर प्रकाशन गरेको छ।
सोही कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ढकालले स्तरोन्नति गरी ग्राहकमैत्री बनाइएको बैंकको नयाँ वेबसाइटको समेत शुभारम्भ गरेका छन्।
गरिमा विकास बैंकले नेपालभर आफ्नो १२१ शाखा कार्यालय र ४९ एटीएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19