काठमाण्डौ । गरिमा विकास बैंकले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा मुस्ताङ आउने जाने पर्यटकहरुलाई लक्षित गरी एटीएम सेवाको सुरुआत गरेको छ। 

एक कार्यक्रमबीच बैंकका सञ्चालक दीपेन्द्र श्रेष्ठ र उक्त गाउँपालिका अध्यक्ष भरतकुमार पुनले संयुक्त रुपमा एटीएम सेवाको उद्घाटन गरेका हुन्। म्याग्दीकै पर्यटकीयस्थल भुरुङ तातोपानी भएर मुस्ताङ आउने–जाने पर्यटकलाई गरिमा विकास बैैंकको एटीएम काउन्टरले आर्थिक कारोबार गर्न सहज हुने अपेक्षा गरिएको छ। 

बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५० एटीएमका साथै डिजी बटुवा, डेबिट तथा क्रेडिट कार्डलगायतका डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।