काठमाण्डौ । नेपाली हिन्दूहरुको महान चाड बडादशैंलाई लक्षित गरी गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि कुनै पनि सामान खरिद गरी विकास बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रु. २०० सम्म नगद फिर्ता योजना ल्याएको छ । 

यस योजना अन्तर्गत बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विकास बैंकको एउटा कार्डबाट अधिकतम रु २०० सम्म नगद फिर्ता पाउन सक्ने बैंकले जनाएको छ । 

नगदरहित कारोबारलाई प्रोत्साहन एवम् प्रवद्र्धन हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि २८ असोज २०८० देखि ७ कार्तिक २०८० सम्म रहेको छ । 

साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको दशैं किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सुरुवात पनि गरिसकेको छ । 

हाल, गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।