काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आज आइतबारबाट काठमाण्डौ उपत्यकाभित्र विभिन्न स्थानमा एकैदिन तीनवटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ।

बैंकले काठमाण्डौ उपत्यकाभित्र सतुंगल, कुलेश्वर र मैतीदेवी गरी एकैदिन तीनवटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो। यीसँगै बैंकको शाखाहरुको संख्या १०० पुगेको छ।

बैंकले तीन दिन अघिमात्र देशका विभिन्न स्थानमा एकैदिन ६ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको थियो। यीसँगै बैंकले काठमाण्डौ उपत्यकाभित्र १६ वटा शाखासहित देशभर सम्पुर्ण प्रदेशमा १०० शाखा, ५१ एटीएम र गरिमा रेमिटका १० हजारभन्दा बढी एजेन्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ।