 
                     
                                
                             
                                    काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको गरिमा विकास बैंक लिमिटेडले आफ्नो डिजिटल बैंकिङलाई थप प्रभावकारी बनाउँदै विना चेकबुक मोबाइल बैंकिङमार्फत शाखामा उपलब्ध क्यूआरलाई स्कान गरी पैसा झिक्न मिल्ने ‘स्मार्ट टेलर’ को सुरुआत गरेको छ।
हाललाई यो सुविधा काठमाण्डौको लाजिम्पाट शाखाबाट मात्र उपलब्ध रहेको र चाँडै नै आफ्ना सम्पूर्ण शाखा कार्यालयहरुबाट यो सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ। डिजिटल बैंकिङलाई प्राथमिकताका साथ आत्मसाथ गर्दै ग्राहकमा थप सुविधायुक्त ग्राहकमैत्री प्रविधिहरु भित्र्याउन गरिमा विकास बैंक सधैँ तत्पर रहने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए।
हाल बैंकले १०६ शाखा कार्यालय र ५१ एटिएमबाट आफ्ना ग्राहकलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ सुविधा दिँदै आइरहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19