 
                     
                                
                             
                                    काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले शेयर मार्केटलाई साधारण जनताको पहुँचसम्म पुर्याउन ‘मेरो शेयर बचत खाता’ सार्वजानिक गरेको छ।
यो खाताअन्तर्गत ग्राहकले न्यूनतम रु ५०० मा खाता खोली निःशुल्क डिम्याट खाता र निःशुल्क सि–आस्बा सुविधा लिन सकिनेछ। पहिला नै डिम्याट खाता हुने ग्राहकले पनि यो खाता खोलि निःशुल्क सि–आस्बाको सुविधा लिन सक्ने बैंकले जनाएको छ।
वर्तमान अवस्थामा कोभिड–१९ को महामारीका कारणले अर्थतन्त्र शिथिल भएको अवस्थामा लगानीमा सकुंचन आएका कारण समग्र अर्थतन्त्रमा बचतको ब्याजदरमा कमी आउँदासमेत बैंकले ‘मेरो शेयर बचत खाता’ मा आकर्षक ५.५% ब्याजदर प्रदान गर्नेछ।
जनमानसमा शेयरप्रतिको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै सरल तवरले डिम्याट खाता खोल्ने सुविधा प्रदान गरी नेपाली शेयर मार्केटको स्तरोन्नतिमा केही हदसम्म सहयोग पुर्याउने यो खाताको मुख्य उद्देश्य रहेको बैैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए।
हाल बैंकले देशका ३५ जिल्लामा १०६ शाखा कार्यालय र ५१ एटीएममार्फत आफ्ना ग्राहकलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ सुविधा दिँदै आइरहेको छ ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19