काठमाण्डौ । गरिमा विकास बैंकका नवनियुक्त अध्यक्ष श्यामप्रसाद बस्यालले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
अध्यक्ष बस्यालले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीबाट शपथ लिएका हुन्। उनले आजैबाट पदभार ग्राहण गरेका छन्।
बैंकको गत माघ ३० गते सम्पन्न १४ औँ वार्षिक साधारणसभाबाट संस्थापक शेयरधनी समूहका तर्फबाट श्यामप्रसाद बस्याल, डा. आनन्दप्रसाद श्रेष्ठ र दीपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनीका तर्फबाट विमल पाण्डे, सञ्जीव ढकाल र सरस्वती पाठक सञ्चालक पदमा निर्वाचित भएका थिए।
गरिमा राष्ट्रियस्तरको विकास बैंक हो। काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम सञ्चालनमा छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19