काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले केसीएल अस्ट्युट क्यापिलट लिमिटेडको सेयर स्वामित्व खरिद गर्ने भएको छ।
यससम्बन्धी सम्झौतामा गरिमा विकास बैंक र केसीएल अस्ट्युटबीच शुक्रबार आयोजित एक कार्यक्रममा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र केसीएल अस्ट्युटका अध्यक्ष दिपक पाण्डेयले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार गरिमा विकास बैंकले केसीएल अस्ट्युटको ५१.२० प्रतिशत सेयर स्वामित्व खरिद गर्नेछ। यसपश्चात केसीएल अस्ट्युटलाई गरिमा विकास बैंकको सहायक कम्पनीका रुपमा अगाडि बढाइनेछ।
गरिमा विकास बैंकले सेयरमा लगानी गरेपश्चात केसीएल अस्ट्युटको नाम परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड कायम गरिनेछ।
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago