काठमाण्डौ । सफल व्यवसाय विस्तार गर्दै अघि बढिरहेको ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र पर्यटकीय गन्तव्य चितवनमा अवस्थित आकर्षक ‘चितवन प्याराडाइज होटल’ सँग गरिमा विकास बैंकले उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आकर्षक छुटका लागि सम्झौता गरेको छ । 

बैंकद्वारा जारी विज्ञप्तिअनुसार गरिमा विकास बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र ‘चितवन प्याराडाइज होटल’को शाखाहरुबाट बिल भुक्तानी गर्दा रुम र फुड एन्ड वेभरेजमा आकर्षक छुट पाउनेछन्। 

गरिमा विकास बैंकले आफ्ना ग्राहकको थप सुविधाका लागि विभिन्न हस्पिटालिटी सेक्टर, हेल्थ सेक्टर र अन्य सेक्टरहरुसँग छुटसम्बन्धी सम्झौता गर्दै आइरहेको छ। यसलाई भविष्यमा पनि प्राथमिकताको साथ निरन्तरता दिइने बैंकले जनाएको छ।