काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको गरिमा विकास बैंक लिमिटेडले ग्राहकलाई निक्षेपमा उत्कृष्ट प्रतिफल दिने उद्देश्यका साथ ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक गरेको छ।
न्यूनतम रु. १ हजार मौज्दातमा सुरु गर्न सकिने ‘स्वर्णिम निक्षेप योजना’ एक क्रमिक (रिकरिङ) निक्षेप खाता हो। यस निक्षेप योजनाअन्तर्गत ५ वर्ष वा सोभन्दा बढी अवधिको निक्षेप खाता खोली वार्षिक मुद्दतिबराबरको ब्याजदरको फाईदा लिन सकिनेछ।
यसका साथै यस निक्षेप योजनाअन्तर्गत योजनाअवधिभित्र आफ्नो अनुकूलताअनुसार जति पनि रकम जम्मा गर्न सकिन्छ भने आफूले जम्मा गरेको हरेक रकममा त्यस समयको मुद्दतिबराबरको ब्याजदर पाइनेछ।
बैंकले ‘स्वर्णिम निक्षेप योजना’ अन्तर्गत उच्चतम ११.५५ प्रतिशत ब्याजदर प्रदान गर्न लागेको हो। यस निक्षेप खातामा लगानी गर्दै उत्कृष्ट प्रतिफल लिन इच्छुक तर एकमुष्ठ ठूलो रकम जम्मा गराउन भने सम्भव नभएका ग्राहकका लागिसमेत यस क्रमिक रुपमा रकम जम्मा गर्न सकिने स्वर्णिम निक्षेप योजना निकै उपयोगी सावित हुनेछ।
हाल गरिमा विकास बैंकले देशका ३७ जिल्लामा ११८ शाखा कार्यालय, २ एक्सटेन्सन काउन्टर र ५१ एटीएममार्फत आफ्ना ग्राहकलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ सुविधा दिँदै आइरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago