 
                     
                                
                             
                                    काठमाण्डौ । डिजिटल बैकिङलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंक लिमिटेडले समयानुकूल आफ्ना ग्राहकका लागि विभिन्न छुटसम्बन्धी सम्झौता गर्दै आईरहेको छ।
यसैलाई निरन्तरता दिँदै बैंकले नेपालकै पुरानो तथा प्रतिष्ठित जुत्ता निर्माता ‘गोल्डस्टार’सँग विशेष छुटसम्बन्धी सम्झौता गरेको छ। सम्झौताअनुरुप गरिमा विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्ताको आधिकारिक ई–कमर्स साइटबाट कुनै पनि जुत्ता खरिद गरी गरिमा स्मार्टबाट भुक्तानी गर्दा तत्काल १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
यो छुट योजना गोल्डस्टारको आधिकारिक ई–कमर्स साइटबाट कुनै पनि जुत्ता खरिद गर्दा मात्र लागू हुनेछ भने अफलाइन स्टोरबाट जुत्ता खरिद गर्दा लागू हुने छैन।
हाल गरिमा विकास बैंकले नेपालभर ३७ जिल्लामा ११८ शाखा कार्यालय, २ एक्सटेन्सन काउन्टर र ५१ एटीएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19