 
                     
                                
                             
                                    काठमाण्डौ। डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंक लिमिटेडले समयानुकूल आफ्ना ग्राहकका लागि विभिन्न छुटसम्बन्धी सम्झौता गर्दै आइरहेको छ।
यसलाई नै निरन्तरता दिँदै बैंकले ई–कमर्स साइट बजेट पसल डटकमसँग सामान खरिदमा ५ प्रतिशत छुटका लागि सम्झौता गरेको छ।
सम्झौताअनुसार बैंकका ग्राहकले बजेट पसल डटकमको अनलाइनबाट रु. ३ हजारभन्दा माथिका दैनिक उपभोग्य तथा इलेक्ट्रोनिक्स सामान खरिद गरी गरिमा विकास बैंकको मोबाइल बैंकिङ तथा डेबिट कार्डबाट भुक्तानी गर्दा तत्काल ५ प्रतिशत छुट प्राप्त गर्र्न सक्नेछन्।
यसका साथै बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड, अनलाइन खाता खोल्ने, स्मार्ट टेलरलगायतका सेवा प्रदान गर्दै आइरहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19